समाचार

खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत करिब ६६ करोडको बजेट


रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७ औँ गाउँसभाको मार्फत बजेट र नीति–कार्यक्रम प्रस्तुत गरिएको हो।
गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको गाउँसभामा उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गर्नुभएको थियो। आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक सेवा सुदृढीकरण, कृषि उत्पादनमा वृद्धि, शिक्षा र स्वास्थ्यमा लगानी, तथा स्थानीय रोजगारी सिर्जना प्राथमिकतामा राखिएको छ।
खाँडादेवी गाउँपालिकामा हाल ९ वटा वडाहरू रहेका छन्। बजेट विनियोजन गर्दा वडास्तरीय आवश्यकता, स्रोतको उपलब्धता र दीगो विकासलाई विचार गरिएको गाउँपालिकाले जनाएको छ।

Shares:

Related Posts

समाचार

खाँडादेवी गाउँपालिकाको सान्नेफेदीमा बोलेरो दुर्घटना, १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको
समाचार

महाकाली देवीको पूजा गरेर हायु जातिको सकियो दसैँ

रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र
समाचार

गौतमले वितरण गरे १२ सय विद्यार्थीलाई न्यानो कपडा

रामेछाप । समाज सेवाको क्षेत्रमा छुट्टै  पहिचान बनाएका समाजसेवी रत्नप्रसाद गौतमले रामेछाप जिल्लाको सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत मन्थली माविका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरे । उनले सोमबार दिउँसो विद्यालय
अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *