समाचार

लिखु तामाकोशी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१÷०८२ को दोस्रो चौमासिक अवधि सम्म प्रवाह भएको सार्वजनिक सेवा सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई शुक्रवार धोबीबजारमा सम्पन्न भएको छ । लिखु तामाकोशी गाउँपालिका, वडा कार्यालय, विषयगत शाखाहरुले लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१÷०८२ को दोस्रो चौमासिक अवधिसम्म संचालन गरेका काम कारबाही, सेवा प्रबाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गराउने सार्वजनिक सुनुवाई आयोजना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष केशब महतको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईमा उपाध्यक्ष दिपा पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत रामसिंह डडाल लगायत सातवटै वडा अध्यक्षहरुको सहभागीता रहेको थियो । सार्वजनिक सुनुवाईमा योजना शाखा प्रमुख सन्तोष जि.सी.ले लिखु तामाकोशी गाउँपालिका द्वारा चालु आ.व २०८१÷०८२ सम्म मभएको आय ब्यय लगायत भौतिक र बित्तीय समग्र प्रगतीको अवस्थाको जानकारी गराउनु भएको थियो । सहभागी नागरिकहरुले नागरिकको अपेक्षाको आधारमा योजना छनौट गर्नुपर्ने, सडक निर्माणमा गुणस्तरीयता कायम गर्नुपर्ने, गाउँपालिकाको एम्बुलेन्स नियमित रुपमा संचालन गर्नुपर्ने, गाउँपालिकाको प्रशासकीय भवन निर्माण गरी सेवा दिनुपर्ने, स्वास्थ्य संस्थाहरुमा पर्याप्त औषधीको ब्यवस्थापन गर्नु पर्ने, सूचना प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्ने लगाएतका विषयमा जिज्ञासा राखेका थिए । नागरिकहरुबाट आएका जिज्ञासाको गाउँपालिका अध्यक्ष केशब महत, उपाध्यक्ष दिपा पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत रामसिंह डडाल, वडा नं ४ का वडा अध्यक्ष दिपक पुलामी मगर लगायतले जवाफ दिनु भएको थियो । स्वतन्त्र सहजकर्ता उमङ्ग मैनालीले सहजीकरण गर्नुभएको सार्वजनिक सुनुवाईमा नेपाली काँग्रेसका भोजराज खड्का, नेकपा एमाले के.बी पौडेल, नेकपा माओवादी केन्द्रका शेर बहादुर खड्का र रास्वपाका रविन महताराले गाउँपालिकाको काम गर्नु पर्ने सुधारात्मक पक्षहरुमा आफ्नो भनाई राखेका थिए ।

Shares:

Related Posts

समाचार

खाँडीबाट फर्केर खेती किसानीमा लागे कुलबहादुुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर
समाचार

रामेछापमा टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु

रामेछाप । टिपर पल्टिँदा एक जनाको घटना स्थलै मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित सेलेघाटमा टिपर पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटना स्थान
समाचार

स्वास्थ्य शिविरमा ९ सय जनाले लिए २ हजार बढी सेवा

रामेछाप । रामेछाप अस्पतालमा वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिविरमा ९ सय जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार सम्पन्न भएका शिविरमा ५ सय १३ जना पुरुष
समाचार

मन्थली बजार क्षेत्रमा अनुगमन फेला परे फेन्सी र तरकारी पसल दर्ता र नविकरण बिना सञ्चालनमा

रामेछाप, असार १ । रामेछाप जिल्लाको प्रमुख बजार क्षेत्र मन्थलीमा आइतबार बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अगुवाइमा गरिएको उक्त अनुगमन टोलीले दर्ता र नविकरण बिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *