समाचार

लिखु तामाकोशि गाउँपालिकाले यस बर्ष बाट माटो परीक्षण गर्ने मेसिन खरिद गर्ने

रामेछाप। जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पालिकामा नै माटो परीक्षणको व्यवस्था गर्ने भएको छ। पालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्ने कृषि तथा पशुपक्षी विकास शाखा प्रमुख लोक फुयाँलले बताए। उनले भने– यो वर्ष हामी माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्दैछौ। अब माटो परीक्षण गर्न लिखु तामाकोशीका नागरिकले अन्यत्र जानू पर्दैन ।
फुयाँलका अनुसार पालिकाले माटो परीक्षण यन्त्र खरिद सँगै माटो परीक्षण गर्ने तालिम पनि दिने भएको छ। पालिकाले माटोको नमुना सङ्कलन देखि माटो परीक्षण सम्मको सीप किसानहरूलाई दिनेछ । पालिकाले वडा वडाबाट अगुवा कृषक छनौट गरी माटोको नमुना सङ्कलन र माटो परीक्षण तालिम दिनेछ ।
‘माटोमा विभिन्न तत्त्व त हुन्छ। तर, किसानले लगाएका बालीका लागि आवश्यक छ कि छैन। कुन तत्त्वको कमी छ त्यही तत्व बारीमा थप्नुपर्ने हुन्छ,’ उनले भने, ‘ माटो परीक्षणको सेवा सुचारु भए पश्चात् रिपोर्टअनुसार किसानलाई सुझाव दिएर माटोको अवस्थाअनुसार माटोलाई चाहिने तत्त्वहरू हाल्न सिफारिस गर्नेछौँ। प्रत्येक तीन वर्षमा माटोको परीक्षण गरी किसानले खेती गरे उत्पादन वृद्धि हुनेछ।’
माटो बोकेर प्रयोगशालासम्म किसान पुग्न नसक्ने भएकाले किसानको सहजताका लागि पालिकामा नै माटो परीक्षणको सुविधा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले बताए । उनले भने, ‘कस्तो माटोमा के खेती गर्ने र माटोको अवस्था हेरेर उपचार गर्न सकियो भने राम्रो उत्पादन लिन सकिन्छ। उत्पादनमुखी कृषिमा बढवा दिई उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउनका लागी माटो परीक्षणको सेवा सुरु गर्न लागेका छौँ ।’
पालिकाको भूगोल हावापानी सँगै माटो सुहाउँदो अन्नबाली उत्पादनका लागि माटो परीक्षण जरुरी भएकोले पालिकाले माटो परीक्षण यन्त्र खरिद गर्न लागेको पालिका अध्यक्ष केशव महतले बताए। उनले भने– माटो सुहाउँदो खेती गर्न सके किसानको उत्पादनमा वृद्धि हुनेछ। किसानको उत्पादन बढ्नु भनेको किसानको आयाअर्जन बढ्नु हो। किसानको आयआर्जन बढ्नु भनेको पालिका संवृद्धिको बाटोमा लम्कनु हो ।

Shares:

Related Posts

समाचार

रामेछाप नगरपालिकाकोे आर्थिक वर्ष २०८१÷८२ मा बजेट खर्च ८३ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा आफ्नो कुल बजेटको ८३.०७ प्रतिशत मात्रै खर्च गरेको छ। आइतबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। नगरपालिकाका
समाचार

शिक्षाले समाज र व्यक्तिको जीवनमा सुधार ल्याउछ– सभामुख देवराज घिमिरे

रामेछाप । समाज र व्यक्तिको जीवनलाई शिक्षाले मात्रै जोड्ने सभामुख देवराज घिमिरेले बताए । शनिवार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको श्री माध्यमिक विद्यालय ज्यामिरेखानीको स्वर्ण महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले
समाचार

रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत ८० करोड बढिको बजेट

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्री न्यौपानेले
समाचार

लघुवित्तको ‘ऋणजाल’विरुद्ध काठमाडौंमा किसान-मजदुरको मार्चपास

काठमाडौं — लघुवित्त तथा वित्तीय संस्थाहरूले फैलाएको वित्तीय शोषण र चर्को ब्याजदरको चक्रविरुद्ध आन्दोलनरत पीडितहरूले आइतबार राजधानीमा मार्चपाससहित प्रदर्शन गरेका छन्। ‘सम्पूर्ण किसान–मजदुर एक हौँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ’ भन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *