अन्यसमाचार

नीति निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम

रामेछाप । रामेछाप नगरपालिकाले नीति तथा कार्यक्रम निर्माणका लागि पत्रकारसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला तथा राजनीतिक दलहरू सँग सुझाव लिई पत्रकारहरूसँग सुझाव लिन कार्यक्रमको आयोजना गरिएको रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर प्रष्ट पारे ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरका विकासका लागी एसियाकै सबै भन्दा अग्लो बुद्धको मूर्ति स्थापना गरी स्थानीय पर्यटन प्रवर्द्धनमा फड्को मार्ने नगर प्रमुख लवश्री न्यौपानेले बताए । आर्थिक वर्ष २०८१÷०८२ मा शैक्षिक सुधारका लागि मेघा विद्यालयको स्थापना गरी शैक्षिक क्षेत्रमा सुधार गर्ने न्यौपानेले बताए । व्यावसायिक कृषि प्रवर्द्धन , लिफ्ट खानेपानी तथा स्वास्थ्य क्षेत्रमा विशेष महत्वका साथ काम गरिने प्रमुख न्यौपानेले बताए ।
कार्यक्रमका अवसरमा पत्रकारहरूले बन डढेलोले जिल्लाको सबैभन्दा बढी क्षति हुने नगरपालिकाको रूपमा रहेको रामेछाप नगरपालिकाले आवश्यक योजना बनाउन र रैथाने कृषि बालीहरूको संरक्षण गर्न आग्रह गरेका थिए । नगरको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, रोजगार प्रवर्द्धन, सञ्चार क्षेत्रको विकासका लागि उपयुक्त कार्यक्रम सञ्चालन तथा शैक्षिक सुधारका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । रामेछापमा पर्यटन पूर्वाधारको विकासमा नगरपालिकाले आवश्यक योजना बनाउनु पर्ने पनि सुझाव दिएका थिए ।
करिब २ वर्षको अवधिमा नगरले गरेका राम्रा कामहरूको प्रचार प्रसार र स्थानीय उत्पादनलाई बजार सँग जोड्नका लागि पत्रकारहरूको महत्त्वपूर्ण भूमिका भएकाले नगर उप–प्रमुख बालकुमारी कार्कीले बताइन् ।

Shares:

Related Posts

समाचार

माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन हुदैं

रामेछाप । माझी जातिको उत्थानका लागी मझेसाबा पुनर्गठन गरिएको छ । मझेसाबालाई हालको युवा पुस्ताले क्रियाशील बनाउँदै माझी जातिको उत्थान र सशक्तीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले मझेसाबा पुनर्गठन गरिएको हो
समाचार

नेपाली काँग्रेसको नेतृत्व परिवर्तन जरुरी छ ः केन्द्रीय सदस्य पौडेल

रामेछाप । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पार्टीमा नेतृत्व परिवर्तन अनिवार्य भएको बताएका छन्। बिहीबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसले अब नयाँ
समाचार

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौँ । आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ । अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त
समाचार

महाकाली देवीको पूजा गरेर हायु जातिको सकियो दसैँ

रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र

Leave a Reply

Your email address will not be published. Required fields are marked *