समाचार

रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत ८० करोड बढिको बजेट

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्री न्यौपानेले नगर सभाको १७ औं अधिवेशनमा रामेछाप नगरपालिकाको आगामी आव २०८२/०८३ को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
त्यसै गरि नगरपालिकाकी उप प्रमुख वाला कुमारी कार्कीले सोही नीति कार्यान्वयन स्वरुप १७ औं अधिवेशन मार्फत आगामी आवका लागि हजार १ सय ३० रुपैंया ६७ पैसाको कार्यक्रम तथा बजेट पेश गर्नु भएको थियो । जसअनुसार, पुँजीगत खर्चतर्फ २९करोड ७६ लाख ६२ हजार ११ रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको जानकारी पनि सो अवसरमा गराईएको थियोनगर प्रमुख न्यौपानेले नगरसभामा आगामी वर्षका नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुभएको छ। उहाँले नगरको विकास, सेवा प्रवाह र समावेशी पहुँच विस्तारलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। नगरपालिकाले प्रस्तुत गरेको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र दिगो विकासलाई केन्द्रमा राखिएको छ। नगर प्रमुख न्यौपानेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शुसासन,सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पूर्वाधार जस्ता विकासलाई प्राथमिकतामा राखेको छ।

Shares:

Related Posts

समाचार

खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत करिब ६६ करोडको बजेट

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७ औँ गाउँसभाको मार्फत बजेट र नीति–कार्यक्रम
समाचार

गाउँपालिका बाट लिने सेवा सुविधाको विद्यालयमा अक्षयकोष स्थापना

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको पूर्णबहादुर खड्काको नाममा अक्षयकोष बनाएका छन् । अध्यक्ष खड्काले सेवा सुविधाबाट आउने रकमबाट
समाचार

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ द्धरा जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण

फाल्गुण २ रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछापलाई पुस्तक हस्तान्तरण गरेको छ । ११ औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर महासंघले
समाचार

मानव अधिकार एलाइन्स रामेछापको ५ औँ अधिबेशनबाट अध्यक्षमा सुमन बोहरा

रामेछाप पौष २६ । मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा सर्बसम्मत निर्बाचित भएका छन् । शुक्रबार भएको ५ औं जिल्ला अधिबेशन बाट अध्यक्षमा बोहरा निर्वाचित भएका हुन् । उपाध्यक्षमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *