समाचार

क्यान्सर पीडित खड्कालाई रामेछापका काँग्रेस नेताहरुले गरे नगद सहयोग

रामेछाप । नेपाली काग्रँेस रामेछापका नेताहरुले हड्डी क्यान्सर पिडित शिवबहादुर खड्कालाई नगद सहयोग गरेका छन् । मन्थली नगरपालिका ३ कठजोर निवासी शिवबहादुर खड्का विगत केहि समय देखि हड्डी क्यान्सरबाट पीडित थिए । खड्काको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकाले उपचारका लागी त्यसै वडाका नेपाली काँग्रेसका यूवा नेता तथा क्षेत्रीय सचिव राजकुमार केसी, सुरेश बस्नेतले संयूक्त रुपमा नगद संकलन गरि २ लाख २२ हजार ४ सय ९१ रुपैयाँ नेपाली काग्रँेस रामेछाप (क) क्षेत्रीय सभापति निरोज खड्का, महाधिवेशन प्रतिनिधि यूवराज भट्टराई लगायतको उपस्थितिमा सम्बन्धित पीडितलाई हस्तान्तरण गरे ।
क्यान्सर पीडित खड्काले नेपाली काँग्रेसका यूवाहरुले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता, चासो र सहयोगले ठुलो राहत महसुस भएको बताए ।
केहि साथीहरुले अझै सहयोगको बचन दिनुभएको छ । यो रकममा अरु केहि थप हुन सक्छ । हाम्रो प्रयासले उहाँलाई डायलासिस गर्न थोरै भएपनि मदत मिल्ने अपेक्षा गरेका छौं ’अभियन्ता राजकुमार केसीले भने । सो रकम करिव ८० जना नेता तथा कार्यकर्ताबाट संकलित गरिएको थियो ।

Shares:

Related Posts

समाचार

रामेछापकि उप – प्रमुखद्वारा ‘आइ सि लिड्स आइकन’ मा भोट दिन आग्रह

रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्की (थापा) ले आफूलाई ‘आइ सि लिड्स आइकन’ मा भोट गरेर जिताइदिन आग्रह गरेकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाहरूको विभिन्न विधामा
समाचार

सुमो दुर्घटना हुदाँ तीन जना घाइते

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्गखुरी , वरबोटमा सुमो दुर्घटना भएको छ । आज (आईतबार) बिहान अन्दाजी ०६ः५० बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको
समाचार

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ द्धरा जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण

फाल्गुण २ रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछापलाई पुस्तक हस्तान्तरण गरेको छ । ११ औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर महासंघले
समाचार

सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछाप शाखा द्वारा आर्थिक सहयोग

रामेछाप । गत चैत १५ गते राजावादी प्रदर्शनको क्रममा काठमाडौँको तीनकुने स्थित एक घरमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछाप शाखाले आर्थिक सहयोग गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *