समाचार

शिक्षाले समाज र व्यक्तिको जीवनमा सुधार ल्याउछ– सभामुख देवराज घिमिरे

रामेछाप । समाज र व्यक्तिको जीवनलाई शिक्षाले मात्रै जोड्ने सभामुख देवराज घिमिरेले बताए । शनिवार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको श्री माध्यमिक विद्यालय ज्यामिरेखानीको स्वर्ण महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले शिक्षाले समाज र व्यक्तिको जीवनमा सुधार ल्याउने बताए ।
घिमिरेले नेपालको शिक्षा अहिले पनि व्यवहारमा उपयोगी हुन नसकेको बताए । शिक्षा नेपाली जनताको प्रगतिको कारक बन्नु पर्ने उनको धारणा छ । अहिले संघीय संसदमा विद्यालय शिक्षा सम्बन्धी विधेयक छलफलमा रहेको बताउँदै सो ऐनले परिवर्तित राजनीतिक सन्दर्भलाई समेट्ने उनले विश्वास व्यक्त गरे ।
गाउँपालिकाको विकास र समृद्धिमा सहयोगी भूमिका निर्वाह गरिदिन लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले सभामुखलाई अनुरोध गरे ।स्वर्ण जयन्तीको अवसरमा बोल्दै अध्यक्ष महतले सामुदायिक विद्यालय देशको कर्णधार निर्माण गर्ने थलो भएको बताए । उनले भने– यो देशको हरेक ठुला तह र रप्कामा पुगेकाहरू सबै सामुदायिक विद्यालयमा अध्ययन गरेकाहरू हुन् । तसर्थ सामुदायिक विद्यालयमा पढ्न पाउने र पढाउन पाउने सबैले गर्भ गर्नु पर्दछ ।
उनले भने – नेपालमा बहुदलीय व्यवस्था पछि हरेक नागरिकको पहुँचमा शिक्षा पु¥याउने नीति ल्यायो । त्यसैको फलस्वरूप धेरै विद्यालयहरू खोलियो । तर ती विद्यालयहरूमा विषयगत शिक्षकको व्यवस्था गर्न सकेन । विद्यालयलाई चाहिने मात्रामा कोटा दिन सकेन । अब शिक्षा विधेयकमा यी समस्यालाई संवोधन गरेर सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरलाई निजी विद्यालयसँग दाँज्न सक्ने बनाउनु जरुरी छ ।
कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेले समग्र वडाको शिक्षा, भौतिक पूर्वाधार लगायतको अवस्था बारे जानकारी गराउँदै शिक्षा गुणस्तर सुधारका लागि शिक्षकहरूले पाउने सेवा पनि सुधार हुनुपर्ने बताए। उनले अहिले अति न्यून पारिश्रमिकमा बाल विकास केन्द्रका सहजकर्ताले काम गरिरहनु परेको प्रति सभामुखको ध्यानाकर्षण गराए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घिमिरेले विद्यालयको मुख पत्र पनि विमोचन गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौगालागाईँ, एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल, नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, राजनीतिक दलका नेताहरू, जनप्रतिनिधि, शिक्षक, अभिभावक, पूर्व विद्यार्थी, विद्यार्थीहरू लगायतको सहभागिता रहको थियो ।

Shares:

Related Posts

समाचार

डिभिजन वन कार्यालय रामेछापले निःशुल्क वितरण गर्यो मन्थलीमा २५ सय फलफूलका विरुवा

रामेछाप । फलफूल खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिभिजन वन कार्यालय रामेछापले चालु आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न जातका फलफूलका विरुवा निःशुल्क वितरण थालेको छ।हालसम्म रामेछाप नगरपालिका र मन्थली नगरपालिकामा वितरण
समाचार

माझी समुदायले मनाए लदिपुजा

रामेछाप । कोसीपूजा अर्थात लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसीपूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको
समाचार

सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेको सुमो रजगाउँमा दुर्घटना १ जनाको मृत्यु ७ जना घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ४ स्थित रजगाउँ माडी मुहानमा सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेका यात्रुवाहक सुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु
समाचार

रामेछाप जिल्लालाई ‘संकटग्रस्त जिल्ला’ घोषणा गर्न सिफारिस

रामेछाप । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले रामेछाप जिल्लालाई ‘संकटग्रस्त जिल्ला’ घोषणा गर्ने माथिल्लो निकायमा सिफारिस गरेको छ । बैठकले विपद्ले जिल्लामा निम्त्याएको पछिल्लो अवस्थाका बारेमा छलफल तथा समीक्षा समेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *