समाचार

काँग्रेस–काँग्रेस बिच झडप, २ जना घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ८ स्थित गाल्बा बजारमा शनिवार नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ । रामेछाप काँग्रेसका नेताहरू रामचन्द्र खड्का, भरत चौलागाँई र जीतबहादुर मगर पक्ष र वीरबहादुर तमाङ बिच झडप हुँदा २ जना घाइते भएका छन् ।
झडपमा जीतबहादुर मगर र बेनबहादुर तामाङ घाइते भएको रामेछाप काँग्रेसका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले बताए । उनका अनुसार झडप आसनग्रहणका करण भनिए पनि पुरानो रिसिइबिका कारण भएको हो ।
नेपाली काँग्रेसको भातृ सङ्गठन आदिवासी जनजाति महासङ्घको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा काँग्रेसका नेता जीतबहादुर मगर र बेनबहादुर मगर कुटिएका छन् । उनी सँगै केही नेतालाई कार्यकर्ताले लखेटेका छन् । महासङ्घको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको छ ।
भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौँ फर्किएका छन् भने सांसद तथा जिल्ला सभापति कान्छारामलाई प्रहरीले सुरक्षितरुपमा मन्थली ल्याएको छ । विवाद कुटपिटमा परिणत भएको र कुटपिटका कारण जितबहादुर मगर र बेनबहादुर मगर घाइते भएको रामेछापका डिएसपी प्रदीपकुमार सिंहले बताए ।
जीतबहादुर मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा ’ख’ सदस्यका उम्मेदवार थिए भने उनी हाल नेपाली काँग्रेस बागमती प्रदेश सदस्य हुन् । झडपको क्रममा ढुंगामुढा भएको थियो । कुटाइबाट केही नेता रक्तामत्य भएका छन् ।
घाइते भएका नेताहरूको काठमाडौँको नभिर्क अस्पतालमा उपचार भई रहेको स्रोतले बताएको छ ।

Shares:

Related Posts

समाचार

बिर्तामा बस दुर्घट्ना हुदाँ १० जना घाईते, घाईते भएका १० जनालाई नै धुलीखेल अस्पताल रिफर गरियो

रामेछाप । जिल्लाको लिखु तामाकोशी गा.पा.वडा नं.६ बिर्ता भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटना हुदाँ १० जना घाईते भएका छन् । गैरीबाट मन्थली तर्फ आउदै गरेको बा ५
समाचार

आरान व्यवसाय गरेका व्यवसायीहरुलाई सुनापती ३ द्वारा आधुनिक उपकरण हस्तान्तरण

रामेछाप। सुनापती गाउँपालिका–३ ले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका आरान व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले छ जना व्यवसायीलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ।वडाभित्र लामो समयदेखि पुरानै शैलीमा आरान व्यवसाय सञ्चालन
समाचार

लिखु गाउँपालिकाले ग¥यो पालिका गानको लागि रचनाको माग

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाले गाँउपालिकाको गान निर्माण गर्ने उद्देश्यका साथ साहित्यकार तथा कलाकारसँग रचनाको शब्द रचनाको लागि आव्हान गरेको छ । जिल्लाको अन्य स्थानीय तहले समेत आफ्नै गाउँपालिकाको गान तयारी
समाचार

रामेछाप बस दुर्घटना प्रकरण : चालकलाई कडा कारबाही, पीडितलाई क्षतिपूर्ति र खोजीकार्य तीव्र पार्ने निर्णय

रामेछाप — मन्थली नगरपालिका–६ त्रिवेणी मन्दिर नजिक तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा भएको दुःखद दुर्घटनापछि जिल्ला सुरक्षा समितिले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, बेपत्ता यात्रुको खोजी तीव्र पार्ने तथा दोषीमाथि

Leave a Reply

Your email address will not be published. Required fields are marked *