अन्य

वनमा आगो लगाउने अमर बहादुर मगर पक्राउ

रामेछाप । सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा रामेछाप प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । गत ४ गते ४ बजेको समयमा जिल्लाको रामेछाप नगरपालिका वडा नं.–८ कात्तिकेटोल स्थित कात्तिके सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा अमर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
कात्तिके सामुदायिक वनमा आगो लगाउँदै गरेको अवस्थामा उक्त सामुदायिक वनका उपभोक्ताहरूले देखी प्रहरीलाई जानकारी गरे पश्चात् जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरी टोलीले निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मगरलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय रामेछाप डाँडामा बुझाइएको र डिभिजन वन कार्यालय रामेछाप डाँडाबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले यो भन्दा अगाडी सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने लिखु तामाकोशी गाउँपालिका ३ का अशोक महत र रामेछाप नगरपालिका वडा नं. ३ बस्ने सुवास महतलाई पक्राउ गरिसकेको छ ।

Shares:

Related Posts

अन्य

प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुुन्छ : पौडेल

रामेछाप । काँग्रेस र एमालेको एजेन्डा नमिल्ने भएकोले काँग्रेससँग सरकारमा सहकार्य हुन नसक्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्पष्ट पारे । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर
अन्य

चिकित्सालयले नागरिकको विश्वास बढ्दो देखिए पछि भौतिक पूर्वाधार अभावमा मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिने

रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले
अन्य

श्वेतगंगा हाइड्रोपावरद्वारा जनप्रतिनिधिमाथि दुर्व्यवहार, गाउँपालिकाद्वारा कानुनी कारबाहीको माग

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा विकास निर्माणको कामलाई लिएर स्थानीय सरकार र जलविद्युत् प्रवर्द्धक कम्पनीबीच विवाद चर्किएको छ । गाउँपालिका र सडक बोर्ड नेपालको साझेदारीमा सञ्चालित सडक मर्मत योजनामा
अन्य

आजदेखि सार्वजनिक सवारी साधनमा (रुट परमिट) खुला

काठमाडौँ, ६ असोजः यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *