ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाले गाँउपालिकाको गान निर्माण गर्ने उद्देश्यका साथ साहित्यकार तथा कलाकारसँग रचनाको शब्द रचनाको लागि आव्हान गरेको छ । जिल्लाको अन्य स्थानीय तहले समेत आफ्नै गाउँपालिकाको गान तयारी गरेको अबस्थामा लिखु गाउँपालिकाले पनि आफ्नै गाउँपालिकाको गान तयार गर्न लागेको हो । गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै लिखु गाउँपालिकाको बस्तुस्थिती, भूगोल, धर्मसंस्कृति झल्कने शब्द समाबेश भएको गाउँपालिका गानको शब्द रचना गरि उपलब्ध गराईदिन अनुरोध गरेको हो । आगामी फागुन १० गते सम्म रचना लय सहित उपलब्ध गराउनु पर्ने छ । शब्द रचनाकार भने लिखु गाउँपालिका भित्रका स्थायी बसोबास गरेका नागरिक हुनुपर्ने पनि गाउँपालिकाले नियम बनाएको छ ।
लिखु गाउँपालिकाले ग¥यो पालिका गानको लागि रचनाको माग
Related Posts
रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। नगरभित्रका जन्मिनेदेखि ५९ महिना (५ वर्ष) सम्मका कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको
रामेछाप । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रू’ गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास
रामेछाप । माझी समुदायको विशेष पर्व लदिपुजा धूमधामकासाथ यसपालि पनि मनाइएको छ । प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलबार मनाउने लदी (कोसी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास
रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको पूर्णबहादुर खड्काको नाममा अक्षयकोष बनाएका छन् । अध्यक्ष खड्काले सेवा सुविधाबाट आउने रकमबाट



