समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय कार्यक्रम लिएर जनप्रतिनिधि नआएको समेत गुनासो पोखे दुरागाउँवासीले । उनीहरूले भने – अघिल्लो कार्यकालका अध्यक्षज्यू आउनु त हुन्थ्यो तर हामीलाई यसरी बोल्ने मौका नै दिनु हुन्नथ्यो । गाउँपालिकाले प्रवाह गरेको सेवा सम्बन्धी जिज्ञासा राख्न नै पाइन्नथ्यो । पालिकाले प्रदान गर्दै आएको सेवा र विकास निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिन नै पाइन्नथ्यो । नीति तथा कार्यक्रम तर्जुमामा सहभागिता जनाउनै पाइन्नथ्यो । बल्ल आएर गाउँगाउँमा सिंहदरबार आएको महसुस भएको छ । स्थानीय कोमल थापाले बताए ।
लिखु तामाकोशी गाउँपालिकाले वडा नं. १ मा आयोजना गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रम मङ्गलवार बिहान १० बजे सुरु हुने भनिएको पनि दिउँसो १ बजे तिर सुरु भएको थियो । सबै जसो कार्यक्रममा जनप्रतिनिधि आउन ढिलो गर्नाले कार्यक्रम सञ्चालन हुन ढिलो हुन्थ्यो । तर यो कार्यक्रम नागरिक ढिलो आउनाले ढिलो सुरु भएको थियो । नागरिक भन्दा अगाडी कार्यक्रम स्थलमा पुगेका गाउँपालिका अध्यक्ष केशव महतलाई देखेर दुरागाउँवासी झनै दङ्ग देखिन्थे ।
कार्यक्रमको सुरुवातमै पालिका अध्यक्ष महतले भने – आदरणीय आमाबुबा दाजुभाइ तथा दिदिबहिनिहरू, मलाई तपाईँहरूले भोट दिएर जिताएर पठाउनु भयो । जितेर गएपछिको यो बिचको अवधिमा मैले जानेको काम गर्दै आएको छु । अब २०८१÷८२ का लागी गाउँपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बेला भयो । त्यही भएर म तपाइहरूको माझमा सिक्न आएको छु, तपाइहरूको गुनासो सुन्न आएको छु ।
कार्यक्रममा पालिकाका शाखागत प्रमुखहरूले वर्ष भरि सम्पादन गरेको र गर्न बाँकी कामहरूको बारेमा जानकारी गराए । शाखा प्रमुखहरूले पनि आगामी नीति तथा कार्यक्रम कस्तो हुन आवश्यक छ भनेर सुझाव मागे । पालिका अध्यक्ष महतले सुरुवातमै सिक्न आएको र गुनासो सुन्न आएको भनेकोले होला दुरागाउँवासीले निर्धक्क आफ्ना कुरा राखे ।
कार्यक्रममा स्थानीय प्रचण्ड सुनुवारले साप्रा खोला जलविद्युत आयोजना अलपत्र भएको, वनवती सिँचाई आयोजनाको काममा गुणस्तरीयताको प्रश्न उठेको, वडाको स्वास्थ्य चौकी अलपत्र भएको लगायतको गुनासो पोखे । सुनुवारले वडावासीलाई निःशुल्क एम्बुलेन्सको सेवा उपलब्ध गराउन पनि पालिका सँग अनुरोध गरे ।
गाउँमा एम्बुलेन्स समयमा नआइदिँदा सुत्केरी महिलाले ज्यान गुमाउनु परेको दुखेसो पोखिन् –एलिसा सुनुवारले । दुरागाउँ त साँच्चिकै दुरको गाउँनै रैछ , अहिले एम्बुलेन्स आउला आउँदैन, भरे आउला आएन, एम्बुलेन्स कुर्दाकुर्दै ज्यान गुमाउनु प¥यो । प्राइभेट गाडी चल्ने ठाउँ भएको भए जति खर्च गरेर भए पनि बिरामीको ज्यान जोगाइन्थ्यो तर यहाँ त्यो पनि सम्भव छैन । अकालमा मर्नबाट जोगाइदिनुस् ।
कार्यक्रममा स्थानीय दीपक रसाइलीले कृषिलाई पेसा मात्र नभएर व्यवसाय र उद्योग बनाउनु पर्ने सुझाव दिए । रसाइलीले वडा वडामा बाँडिने टुक्रे बजेटलाई अन्त्य गरी ठुलो भोलमको बजेट बनाई विकास निर्माणमा लाग्न पालिकालाई सुझाव दिए ।
पालिकाले प्रवाह गरेको सूचना नागरिकसम्म नपुगेको गुनासो स्थानीय ओमन थापाले सुनाए । उनले भने– पालिकाले प्रवाह गरेको सूचना प्रचारप्रसारमा कमी भयो । त्यस्ता सूचना मिडिया तथा वडा सदस्य मार्फत नागरिकको घरघर सम्म पुग्ने वातावरण मिलाउनु प¥यो ।
कार्यक्रममा चन्द्रमणि भण्डारीले अनुगमन समितिको काम माथि प्रश्न उठाए ।
पालिकाले गरेको कामकारबाहीमा खबरदारी गर्न प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल अनुरोध गरे । उनले भने– यो पालिका तपाइहरूको हो । हामी त राष्ट्र सेवक कर्मचारी हौँ । तपाईँहरूले सुझाव दिनुहोला । हामी सुझाव अनुसार सेवा गर्न तत्पर छौँ ।
नागरिकको समस्या सुन्दै टिप्दै बसेका पालिका अध्यक्ष महतले एकएक प्रश्नको जवाफ पालैपालो दिए । उनले हरेक वडामा आफू जनताको गुनासो सुन्दै र सिक्दै हिँड्ने बताए । महतले आगामी बजेटमा दुरागाउँ सैपुलाई हुने गरी एम्बुलेन्स खरिद गर्ने बताए । नागरिकको समस्याको पोको जस्ताको त्यस्तै टिपोट गरेकोले बजेट बनाउँदा समस्या सम्बोधन हुने गरी काम गर्ने उनले बताए । १ नं. वडालाई १ नं. नै बनाउने सङ्कल्प गरे बमोजिम आफूले काम गरेको उनले थपे ।
कार्यक्रमको अध्यक्षयता गरेका लिखु तामाकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रदीपकुमार तामाङले आगामी दिनमा जनताको सुझाव तथा गुनासो सुन्ने वातावरण बनाउने बताए । उनले भने – हामी जनताको गुनासो सुन्छौँ । जनतालाई कृषि अनुदान दिन्छौँ । तर यहाँका युवाहरूले समूहमा र ठूलो भोलममा खेती किसानी गर्ने वचनबद्धताका साथ वडामा आउनु प¥यो ।

Shares:

Related Posts

समाचार

जुनारको जिल्ला भनेर चिनाउन ढुङ्गाबाट चिनारी

रामेछाप । रामेछाप जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचान गराउने
समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम
समाचार

लिखु गाउँपालिका ओखलढुंगाले अध्यक्ष कप गर्दै

ओखलढुंगा । लिखु गाउँपालिकाले “लिखु अध्यक्ष कप २०८०” संचालन गर्ने भएको छ । खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो । “सामाजिक
समाचार

वडा नं ७ सुकाजोरले ५ सय बढी घरपरिवारको निशुल्क गर्यो स्वास्थ्य बिमा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *