समाचार

नेपाल तरुण दल रामेछापले आगलागी पीडितलाई पानी जम्मा गर्ने हिल्टेक वितरण

रामेछाप – नेपाल तरुण दल रामेछापले टाहार गाउँका आगलागी पीडितलाई पानी जम्मा गर्ने हिल्टेक ट्याङ्की वितरण गरेको छ । नेपाल तरुण दल रामेछापले विहिवार टाहारमा स्वयम् पिडित परिवारलाई १३ घर पिडितलाई ५ सय लिटरको १३ वटा पानी जम्मा गर्ने हिल्टेक ट्याङ्की वितरण गरिएको हो । तरुण दल रामेछापले तरुणहरुको सहयोग तथा तरुण दलको आन्तरीक श्रोतबाट हिल्टेक ट्याङ्की पिडितलाई हस्तान्तरण गरिएको जिल्ला उपसभापति बासु फुयालले बताए ।
सुख्खायाम भएकोले आगोलागीका कारण खानेपानीको लागी अभाव नहोस् भन्ने हेतुले पिडितलाई पानी जम्मा गर्न हिल्टेक ट्याङ्की प्रदान गरिएको नेपाल तरुण दल रामेछापका अध्यक्ष काजि बहादुर खड्का (दिनेश) ले बताए ।
रामेछाप नगरपालिका नगर प्रमुख लवश्री न्यौपानेले यस आगलागी पिडितहरुका लागि राहत वितरण प्रभावकारी ढंगले अगाडी बढाउन विभिन्न निकायबाट आउने विभिन्न सहयोगहरु नगरपालिकाले एकद्धरप्रणाली लागु गरेको बताए ।
विहिबार २९ गते भएको कार्यक्रममा रामेछाप नगरपालीका वडा नं. ७ का अध्यक्ष एवम् प्रवक्ता समीर कार्की, नेपाल तरुण दल रामेछापका उपाध्यक्ष जीवन कार्की लगाएतको उपस्थिति रहेको थियो । गत चैत्र १ गते टाहार गाउँमा आगलागी हुँदा १३ घर, १४ गोठ जलेर नष्ट भएका थिए ।

Shares:

Related Posts

समाचार

आधुनिक कृषि साकोसको १४ औ वार्षिक साधारण सभा सम्पन्न

रामेछाप । आधुनिक कृषि साकोसले मन्थली स्थित समन्वय समितिमा १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साकोसको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले
समाचार

लिखु तामाकोशी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१÷०८२ को दोस्रो चौमासिक अवधि सम्म प्रवाह भएको सार्वजनिक सेवा सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई शुक्रवार धोबीबजारमा सम्पन्न भएको छ । लिखु तामाकोशी
समाचार

यातायात व्यवस्था कार्यालय, खुर्कोटमा लाइसेन्सको ट्रायल, परीक्षा स्थगित

सिन्धुली । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय, खुर्कोटले नियमित रूपमा सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आगामी
समाचार

आरान व्यवसाय गरेका व्यवसायीहरुलाई सुनापती ३ द्वारा आधुनिक उपकरण हस्तान्तरण

रामेछाप। सुनापती गाउँपालिका–३ ले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका आरान व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले छ जना व्यवसायीलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ।वडाभित्र लामो समयदेखि पुरानै शैलीमा आरान व्यवसाय सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *