समाचार

सुमो दुर्घटना हुदाँ तीन जना घाइते

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं. ९ पिङ्गखुरी , वरबोटमा सुमो दुर्घटना भएको छ । आज (आईतबार) बिहान अन्दाजी ०६ः५० बजेको समयमा खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो दुर्घटना भएको हो । दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा वर्ष २४ का दिपेन्द्र भण्डारी, वर्ष १६ की एलिसा भण्डारी र वर्ष १४ की एमुना भण्डारी रहेका छन् । घाइते दिपेन्द्र भण्डारीको छाती र मुखमा चोट देखिएकोले उपचारका लागी बिएण्डबी अस्पताल पठाइएको छ, भने अन्य २ को आस्था सामान्य रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
वर्ष २२ का चालक विष्णु भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको सुमो सडकबाट अन्दाजी ३५ मिटर तल खसेको छ ।

Shares:

Related Posts

समाचार

सेफ हाउस संचालकलाई राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश द्धरा अभिमुखीकरण

रामेछाप । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले मन्थलीमा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सकेको छ । रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक
समाचार

परियोजना कार्यान्वयन इकाई रामेछाप द्धरा अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र वितरण

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह,
समाचार

अदीति कपको पुरस्कार वितरण

रामेछाप । जिल्लाको मन्थली माविमा संचालित १२ औँ अदिति कप प्रतियोगिताका विजेताहरूलाई शुक्रवार पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कार मेडल, ट्रफि
समाचार

माझी समुदायले मनाए लदिपुजा

रामेछाप । कोसीपूजा अर्थात लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसीपूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको

Leave a Reply

Your email address will not be published. Required fields are marked *