समाचार

सुरक्षा चेकजाँचमा कडाइ गर्न मन्थली विमानस्थलमा एक्स–रे मेसिन

रामेछाप । जिल्लाको एक मात्र विमानस्थल मन्थली विमानस्थलमा एक्स–रे मेसिन राखिएको छ । मन्थलीबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि सुरक्षा चेकजाँचमा कडाइ गर्नकालागि एक्स–रे मेसिन राखिएको छ ।
एक्स–रे मेसिनका कारण नियमित चेकजाँच सहज बनाउने र सुरक्षाका दृष्टिले समेत अब्बल रहने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । जिल्लाको विमानस्थलमा चेकजाँचका लागि पहिलो पटक एक्स–रे मेसिन राखिएको हो ।
विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन नभएका कारण यात्रु तथा कर्मचारीलाई हैरानी हुँदै आएको थियो । हवाईजहाजबाट यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुहरूको त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरूले यात्रुका सरसामान तथा झोलाहरू हातले छामेर अथवा खोलेर नै चेकजाँच गर्दै आएका थिए । विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान भएपछि कर्मचारीलाई चेकजाँच गर्न सहज हुने र यात्रुहरूलाई पनि यसले सजिलो हुने बताइएको छ ।
जहाजमा लैजान प्रतिबन्धित गरिएका सामान ओसारपसार नहोस् भनेर प्रहरीले यात्रुका झोला खेलेर नै जाँच गर्ने गरेका थिए । जिल्लामा मेसिन प्राप्त भएपछि झोला खोलिरहनु पर्ने झन्झट नभएको र समयको समेत बचत हुने गरेको नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत उज्ज्वल गुरागाईँ बताउँछन् ।

Shares:

Related Posts

समाचार

लिखु गाउँपालिकाले ग¥यो पालिका गानको लागि रचनाको माग

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाले गाँउपालिकाको गान निर्माण गर्ने उद्देश्यका साथ साहित्यकार तथा कलाकारसँग रचनाको शब्द रचनाको लागि आव्हान गरेको छ । जिल्लाको अन्य स्थानीय तहले समेत आफ्नै गाउँपालिकाको गान तयारी
समाचार

चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।दुई
समाचार

गोकुलगंगाकाका कागजात अब डिजिटल प्रविधि मार्फत सुरक्षित हुँदै

रामेछाप । वि.सं. २०७४ सालदेखि २०८१ असार मसान्तसम्म गोकुलगङ्गा गाउँपालिकामा सिर्जना भएका सम्पूर्ण सरकारी कागजात अब डिजिटल रूपमा सुरक्षित हुने भएका छन्। जेन्जी आन्दोलनका क्रममा अन्यत्रका गाउँपालिकासहित विभिन्न कार्यालयका कागजात
समाचार

‘देशमा अबको विकल्प कांग्रेस मात्रै हो ’ : प्रवक्ता रुवाली

रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवालीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केवल सामान्य मतदानको प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *