समाचार

काठमाडौँमै सामाजिक सुरक्षा भत्ता नवीकरणः १३५ जनाभन्दा बढी लाभान्वित

काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ रिष्ठेले काठमाडौँ क्षेत्रमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरूलाई लक्षित गरी शुक्रबार देखि काठमाडौँमा सञ्चालन गरिएको ५ दिने घुम्ती शिविर सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित नीलबाराही बहुउद्देश्यीय सहकारी संस्थाको प्राङ्गणमा सञ्चालित शिविरमार्फत १३५ जनाभन्दा बढी लाभान्वित भएका हुन् ।
वडा कार्यालयसम्म पुग्न नसक्ने अशक्त, वृद्धवृद्धा र टाढा रहेका नागरिकलाई काठमाडौँमै पुगेर सेवा दिने उद्देश्यले वडा कार्यालयले यो घुम्ती सेवा आयोजना गरेको हो । शिविरमा १३५ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ भने अन्य करिब ५० जना सेवाग्राहीलाई वडाबाट प्रवाह हुने नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्तालगायतका अन्य प्रशासनिक सेवा प्रदान गरिएको वडा अध्यक्ष टिका प्रसाद गौतमले जानकारी दिएका छन् ।
शिविर सम्पन्न भएसँगै अब घुम्ती सेवा बन्द भई नियमित सेवा पुनः वडा कार्यालयबाटै सुचारु हुने बताइएको छ । काठमाडौँमा रहेर सामाजिक सुरक्षा नवीकरण गर्न पाउँदा गाउँ धाउनुपर्ने झन्झट छुटेको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।
वडा कार्यालयले शिविर सञ्चालनका लागि स्थान र प्राविधिक सहयोग उपलब्ध गराउने नीलबाराही सहकारी संस्थाका सञ्चालक समितिलाई धन्यवाद ज्ञापन गरेको छ । साथै, शिविर सम्पन्न गर्न विशेष योगदान पु¥याउने समाजसेवीहरू रत्न गौतम, टङ्क चौलागाईँ, होमराज गौतम, अरुण चौलागाईँ, सन्तोष गौतम, कोमलप्रसाद ढुङ्गेल, यशु चौलागाईँ, सुरेश गौतम, सुरेन्द्र सुवेदी र ज्ञानबहादुर मगरलगायत सम्पूर्ण सहयोगीहरूप्रति वडा तथा वडा अध्यक्षले कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राखेका छन् ।

Shares:

Related Posts

समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी गर्ने भगवान कार्कि पक्राउ

रामेछाप, भदौ १४ । बाढी प्रभावितका लागि राहत संकलन गर्ने बहानामा कृत्रिम बौद्धिकता (Chat GPT) को प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट बनाएर रकम ठगी गर्न खोज्ने एक युवकलाई रामेछाप प्रहरीले
समाचार

बीपी स्मृतिमा कांग्रेसभित्रै फरक चुलीस् गगनले सुरु गरे ुग्रीन रनु, संस्थापनइतरको प्रज्ञामा छुट्टै भेला

काठमाडौं — नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा मंगलबार पार्टीभित्र फरक–फरक दृश्य र गतिविधि देखिएका छन्। एकतर्फ महामन्त्री गगनकुमार थापाले ललितपुरको यूएन
समाचार

पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। मन्थली
समाचार

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँरामेछाप । रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *