समाचार

१ सय ५१ कुकुरको बन्ध्याकरण

रामेछाप । रामेछाप नगरपालिकाले छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरेको छ । गत १६ गते देखि संचालन भएको ५ दिने शिविरमा १ सय ५१ छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताए ।
शिविरमा घर पालुवा तथा बजार क्षेत्रहरूमा रहेका छाडा कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको शेर्पाले बताए । बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर संचालन गरेको हो ।
शिविर नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेसँगको प्राविधिक सहयोगमा नगरपालिकाले शिविर संचालन गरेको हो ।
छाडा कुकुरको संख्या बजार क्षेत्रमा बढे सगैँ रेबिजको प्रकोप न्यूनीकरण गर्न छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको थियो । शिविरमा कुकुरलाई लूतो र रेबिज रोग विरुद्धको खोप समेत लगाइएको थियो ।

Shares:

Related Posts

समाचार

रामेछाप नगरपालिकाकोे आर्थिक वर्ष २०८१÷८२ मा बजेट खर्च ८३ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा आफ्नो कुल बजेटको ८३.०७ प्रतिशत मात्रै खर्च गरेको छ। आइतबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। नगरपालिकाका
समाचार

गोकुलगंगा माविको मनायो स्वर्ण जयन्ती

रामेछाप । जिल्लाको गोकुलगगा गाउँपालिका वडा नं. ३ पात्ले डाँडामा स्थापित गोकुलगंगा माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्ती मनाउन प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले गोकुलगंगा आइपुगेका थिए ।कार्यक्रमका
समाचार

जनाताको आखाँमा छारो हाल्दै निर्माण व्यवसायी खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै

रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।शंकर–सिम्रन–प्रथमा
समाचार

मन्थली बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा दङ्ग देवकुमारी

रामेछाप । मानिसलाई खुसी हुन ठुलो सफलता चाहिँदैन । कोही मानिस सानासाना कुरामा पनि खुसी हुन सक्छन् । आज देवकुमारी खत्री पनि खुसी छिन् । मन्थली बचत तथा ऋण सहकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *