समाचार

चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।
दुई वटा खरको छानो भएको घरमा आगो लाग्दा एक महिलाको मृत्यू भएको वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्गले बताए । उनको अनुसार आगलागीले मानविय तथा पशु चौपायामा ठुलो क्षती भएको छ । ४८ वटा बाख्रा पनि आगोमा जलेर मरेको वडाअध्यक्ष तामाङ्गले बताए ।
महिलाको शरिर पूर्ण रुपमा जलेको छ । घटना स्थलको अवस्था निकै भयावह रहेको वडाअध्यक्ष तामाङ्गले बताए । मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइएको छ ।

Shares:

Related Posts

समाचार

जेष्ठ नागरिक सँघ रामेछापले गर्यो असल बुहारि सम्मान

रामेछाप २४ जेठ । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच वीच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी
समाचार

YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन   रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन
समाचार

अघिल्लो जनप्रतिनिधिले बाँढेका अनुदान पचाए जसरी अब सर्लक्कै पचाउन दिने छैनौँ – अध्यक्ष काजीबहादुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८१÷८२ मा व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका छन् । शुक्रवार पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा
समाचार

मन्थली अस्पतालले गर्यो टेलिमेडिसिन सेवा सुरु

रामेछाप । जिल्लाको मन्थली नगरपालिका– १ को मन्थली अस्पतालले जिल्लामा पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। बिरामीलाई धुलिखेल अस्पतालमा रहँदै आएका विशेषज्ञ चिकित्सकबाट परामर्श लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *