समाचार

रामेछापको शिव आधारभूत विद्यालयका बालबालिकाले आफ्नै खाजा खर्च कटाएर जुटाए राहत

रामेछाप । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित बनेका बाढीपीडितका लागि देश–विदेशबाट सहयोग उठ्ने क्रम जारी छ । विपत्तिको यो घडीमा दुर्गम ग्रामीण भेगका बालबालिका तथा अभिभावकहरूले समेत ऐक्यबद्धता जनाउँदै स्वेच्छिक सहयोग जुटाएका छन् ।
रामेछाप जिल्लाको उत्तरी दुर्गम भेगमा अवस्थित गोकुलगङ्गा गाउँपालिका वडा नं. १ स्थित श्री शिव आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकहरूले बाढीपीडितको मद्दतका लागि रकम संकलन गरेका हुन् । कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयका स–साना बालबालिकाले आफ्नो दैनिक खाजा खर्च र गोजीखर्च कटाएर बाढीपीडितका लागि सहयोग हस्तान्तरण गरेका हुन् ।
विद्यालय प्रशासनका अनुसार बाढीपीडित परिवारको घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने उद्देश्यले विद्यार्थी र अभिभावकहरूकै स्वतःस्फूर्त पहलमा राहत कोष संकलन गरिएको हो ।
प्रतिकूल भूगोल र सीमित स्रोतसाधनका बीच अध्ययनरत सो विद्यालयका विद्यार्थीहरूबाट कूल १९ हजार ९ सय ८५ रुपैयाँ संकलन भएको छ । कलिला बालबालिकाहरूले देखाएको यो मानवीय भावनाले सिंगो विद्यालय परिवारलाई नै भावुक बनाएको छ । त्यस्तै, बालबालिकाको यो कदममा ऐक्यबद्धता जनाउँदै स्थानीय अभिभावकहरूका तर्फबाट समेत २ हजार ७ सय ५ रुपैयाँ स्वेच्छिक योगदान प्राप्त भएको छ ।
विद्यार्थी र अभिभावक दुवै पक्षबाट गरी कुल २२ हजार ६ सय ९० रुपैयाँ रकम संकलन भएको विद्यालयका प्रधानाध्यपक विपिन राज बस्नेतले जानकारी दिएका छन् ।
“आफ्नो गाउँठाउँमा आर्थिक कठिनाइ भए पनि सिन्धुपाल्चोकका बाढीपीडितको दुःख देखेर हाम्रा साना बालबालिकाहरूले आफैं अग्रसरता देखाएका हुन्,“ विद्यालयका एक शिक्षकले भने, “रकमको आकार ठूलो नभए पनि साना बालबालिका र विपन्न अभिभावकहरूले देखाएको यो सद्भाव र मानवीयता अतुलनीय छ ।“
संकलित सम्पूर्ण सहयोग रकम पारदर्शी रूपमा बाढीपीडितसमक्ष पुर्याउनका लागि सम्बन्धित निकाय वा आधिकारिक राहत कोषमा हस्तान्तरण गरिने विद्यालयले जनाएको छ । ठूला प्राकृतिक विपत्ति परेका बेला दुर्गमका बालबालिकाहरूले देखाएको यो सहयोगी हातले समाजमा भ्रातृत्व र सामाजिक उत्तरदायित्वको उत्कृष्ट सन्देश प्रवाह गरेको छ ।

Shares:

Related Posts

समाचार

सिन्धुली जाँदै गरेको सुमो भटौलीमा दुर्घटना

रामेछाप, २२ असोज। जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा टाटा सुमो दुर्घटना भएको छ ।मंगलबार बिहान ४: २० बजेको समयमा भटौली पुल भन्दा माथि मन्थली–खाँडादेवी–सित्खा सडकखण्डमा काठमाण्डौबाट दोलखाको बाटो
समाचार

माओवादी केन्द्र एक्लै चुनाव लड्छ’ भुषाल

रामेछाप । द्वन्द्वका समयमा सहिद भएकाहरूको सपना पुरा गर्न सहिदका परिवार तथा आफन्तहरूको सल्लाह सुझाव संकलन गरी सोही मर्म अनुरूप आगामी दिनमा अगाडी बढ्ने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्व
समाचार

घिमिरे परिवारले गरे सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं. ८ बाबियाखर्कामा सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय घिमिरे परिवारले जग्गा दान गरेका छन् ।उद्धवप्रसाद घिमिरेले आफ्ना नाममा रहेको ०–१४–४–४ र लिलानाथ घिमिरेले ०–८–०–०
अन्य

रामेछापमा मनाइयो १३ औँ राष्ट्रिय कर दिवस

रामेछाप । राष्ट्रिय कर दिवस ¥याली एवं प्रभात फेरी कार्यक्रम गरी मनाइएको छ । शनिवार १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा जनचेतना मूलक प्लेकार्ड र पञ्चेबाजा सहितको प्रभात फेरी पछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *