समाचार

सामुदायिक वनलाई व्यावसायिकीकरण गरेर आयआर्जनमा जोड्ने

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सामुदायिक वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले वन डढेलो नियन्त्रण सम्बन्धी प्रत्येक वडामा समिति गठन गर्ने बताएका छन् । उनले भने– हरेक विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई वन डढेलो र यसका असर सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा हामी छौँ । सामुदायिक वनलाई व्यावसायिकीकरण गरेर आयआर्जनमा जोड्ने कोसिसमा समेत हामी लागेका छौँ ।
सामुदायिक वनका समितिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र विद्यालयका प्रधानाध्यापकहरू लगायत सबैको सामूहिक प्रयासबाट वनको व्यवसायीकरण र वनको संरक्षण हुने अध्यक्ष महतले बताए ।


कार्यक्रममा ५९ वटा सामुदायिक वन र १३ वटा कवुलियति वनका प्रतिनिधि, १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष प्रदीप कुमार तामाङ र सब डिभिजन वन धोबीका प्रमुख भुवन विकले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण, सामुदायिक वनलाई आयआर्जनमा कसरी जोड्ने, उत्पादन र रोजगार सिर्जनामा वनको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोपाल राज तामाङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा गाउँपालिका उपााध्यक्ष दिपा पाख्रीन, झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुकमणी खड्का , खिम्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठ, नवदर्शन माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल, त्रिपुरेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिङमार शेर्पा लगायतले वन र आगलागीका विषयमा महत्वपुर्ण भनाई राखेका थिए ।
कार्यक्रम झट्टेश्वर माध्यमिक विद्यालयको सभाहलमा भएको थियो ।

Shares:

Related Posts

समाचार

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। नगरभित्रका जन्मिनेदेखि ५९ महिना (५ वर्ष) सम्मका कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको
समाचार

खाँडादेवी गाउँपालिकाको सान्नेफेदीमा बोलेरो दुर्घटना, १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको
समाचार

वडा नं ७ सुकाजोरले ५ सय बढी घरपरिवारको निशुल्क गर्यो स्वास्थ्य बिमा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य
समाचार

प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन–महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबि गरेका छन् । शुक्रबार फेसबुकमा एक

Leave a Reply

Your email address will not be published. Required fields are marked *