समाचार

सामुदायिक वनलाई व्यावसायिकीकरण गरेर आयआर्जनमा जोड्ने

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सामुदायिक वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले वन डढेलो नियन्त्रण सम्बन्धी प्रत्येक वडामा समिति गठन गर्ने बताएका छन् । उनले भने– हरेक विद्यालयका कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई वन डढेलो र यसका असर सम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा हामी छौँ । सामुदायिक वनलाई व्यावसायिकीकरण गरेर आयआर्जनमा जोड्ने कोसिसमा समेत हामी लागेका छौँ ।
सामुदायिक वनका समितिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र विद्यालयका प्रधानाध्यापकहरू लगायत सबैको सामूहिक प्रयासबाट वनको व्यवसायीकरण र वनको संरक्षण हुने अध्यक्ष महतले बताए ।


कार्यक्रममा ५९ वटा सामुदायिक वन र १३ वटा कवुलियति वनका प्रतिनिधि, १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष प्रदीप कुमार तामाङ र सब डिभिजन वन धोबीका प्रमुख भुवन विकले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण, सामुदायिक वनलाई आयआर्जनमा कसरी जोड्ने, उत्पादन र रोजगार सिर्जनामा वनको भूमिका सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोपाल राज तामाङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा गाउँपालिका उपााध्यक्ष दिपा पाख्रीन, झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक रुकमणी खड्का , खिम्ती माध्यमिक विद्यालयका प्रधानाध्यापक छविलाल श्रेष्ठ, नवदर्शन माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेल, त्रिपुरेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मिङमार शेर्पा लगायतले वन र आगलागीका विषयमा महत्वपुर्ण भनाई राखेका थिए ।
कार्यक्रम झट्टेश्वर माध्यमिक विद्यालयको सभाहलमा भएको थियो ।

Shares:

Related Posts

समाचार

सरसफाईमा हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर

सरसफाईमा हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर रामेछाप । शनिवार बिहानै रामेछाप नगरपालिकाकी प्रमुख बाल कुमारी कार्की विटार पार्क पुगिन् । झट्ट हेर्दा बिहानै त्यो पनि शनिवार भएको कारणले ’मर्निङवाक’
अन्य

जिल्लामा ठूलो बजेट प्रस्तुत गर्ने मन्थली नगरपालिका, १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढीको बजेट

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख
समाचार

धूमधामले मनाइँदै लदिपुजा

रामेछाप । कोसी पूजा अर्थात् लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष
समाचार

तिहार लक्षित बजार अनुगमन

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ । शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *