समाचार

वडा नं ७ सुकाजोरले ५ सय बढी घरपरिवारको निशुल्क गर्यो स्वास्थ्य बिमा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले निशुल्क नागरिकहरुको स्वास्थ्य बिमा गरेको छ । ९ सय २७ घरधुरी रहेको यस वडामा हालसम्म ५ सय भन्दा बढी घरपरिवारको स्वास्थ्य बिमा वडाले निशुल्क गरिदिएको वडा अध्यक्ष समिर कार्कीले बताए ।
सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पु¥याउने भने पनि आर्थिक अवस्था कमजोर भएका नागरिकले स्वास्थ्य बिमा गर्न सकेका छैनन्। तर सुकाजोर वडाले वडाका सबै नागरिकलाइ स्वास्थ्य बिमामा आबद्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ । आगामी आर्थिक वर्षसम्म वडाका सबै नागरिक स्वास्थ्य बिमामा आबद्ध हुने वडा अध्यक्ष कार्कीले बताए ।
वडाले टोल अनि बस्तीमै पुगेर नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । यो वर्ष वडाको पालेवन टोलबाट स्वास्थ्य बिमा गर्ने कार्यक्रम तिव्र रुपमा भैरहेको वडाअध्यक्ष कार्कीले बताए ।
आर्थिक अभावमा स्वास्थ्य बिमा गर्न नसकेको अवस्थामा वडा कार्यालयले नै पैसा तिरिदिएर आफ्नो परिवारको स्वास्थ्य बिमा गरिदिएकोमा धेरै नै खुसी लागेको स्थानीयले बताएका छन् ।
यस वडाले पशु बिमा,एक घर एक हिलटेक वितरण,किसानलाइ निशुल्क रासायनिक मल वितरण,छात्रवृत्ति वितरण र घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जस्ता लोकप्रिय कार्यक्रमहरु गर्दै आएको छ ।

Shares:

Related Posts

समाचार

पूर्वाधार विकास कार्यालयको कागजमा राजमार्ग, धरातमा धुलो

रामेछाप । जिल्लाको कोलन्जोरघाट–साँघुटार सडक मर्मतको कुरा फेरि पनि उठेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा स्थलगत निरीक्षणमा पुगे र उनले तत्काल सडक सञ्चालनयोग्य बनाउन निर्देशन दिए । स्थानीयलाई भने
समाचार

अफिम खेती गर्ने दुई महिला पक्राउ

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका– ३ मा (लागु औषध) अफिमको खेती गर्दै आएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय रामेछापले गत २५ गते पक्राउ गरेको हो । सुनापती गाउँपालिकामा ६ रोपनी
समाचार

माझी समुदायको लदिपुजा सकियो

रामेछाप । माझी समुदायको विशेष पर्व लदिपुजा धूमधामकासाथ यसपालि पनि मनाइएको छ । प्रत्येक वर्षको फागुन महिनाको साइँली मङ्गलबार मनाउने लदी (कोसी) पूजाको पहिलो दिन मङ्गलबार जिल्लाको विभिन्न स्थानमा बसोबास
अन्य

रामेछापमा मनाइयो १३ औँ राष्ट्रिय कर दिवस

रामेछाप । राष्ट्रिय कर दिवस ¥याली एवं प्रभात फेरी कार्यक्रम गरी मनाइएको छ । शनिवार १३ औँ राष्ट्रिय कर दिवसको अवसरमा जनचेतना मूलक प्लेकार्ड र पञ्चेबाजा सहितको प्रभात फेरी पछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *