समाचार

प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन–महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबि गरेका छन् ।

शुक्रबार फेसबुकमा एक पोष्ट गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर मजाक गरिएको सन्दर्भमा अङ्ग्रेजी शब्द नआएर ‘फाँडेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको स्पष्ट गरेका छन् ।

उनले भनेका छन्–

‘अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज र गैडाज् शव्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक संजालमा प्रधानमन्त्रीलाई ती शव्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक संजालमा एक प्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ । तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्वोधन गर्ने क्रममा नै डाँफे र गैडालाई अंग्रेजीमा समेत नेपाली नामवाटै सम्वोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो ।

उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शव्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्दछ । यद्यपी उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

यसअघि प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए ।

Shares:

Related Posts

समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणारामेछाप । जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार
समाचार

तामाकोसी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल दिपककुमार खड्का विभूषित

रामेछाप । काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबको हल गर्मीका बीच पनि असार १३ गते एउटा फरक ऊर्जाले गुञ्जायमान थियो। देशभरिका शिक्षाप्रेमी, बौद्धिक व्यक्तित्व र वरिष्ठ स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको
अन्य

जिल्लामा ठूलो बजेट प्रस्तुत गर्ने मन्थली नगरपालिका, १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढीको बजेट

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख
समाचार

मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा रामेछाप । जिल्लाका ८ वटा स्थानिय तह मध्ये मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नेमा पहिलो भएको छ । बुधबार(आज) बागमती प्रदेशका सामाजिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *