अन्य

मन्थलमा दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा

रामेछाप । मन्थलीमा दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा परेका छन् । जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा सञ्चालित १ फार्मेसी र १ मेडिकल हल निलम्बनमा परेका हुन् । दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गरिएको लगायतका गैर कानुनी व्यापार व्यवसाय तथा कारोबार गर्ने मन्थली बजारमा सञ्चालित दिपसन फार्मेसी र साकुरा मेडिकल हललाई निलम्बन गरिएको हो ।
औषधी व्यवस्था विभागले २०८० चैत्र १३ र १४ गते जिल्लामा सञ्चालित औषधी पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा मन्थली नगरपालिका वडा नं. १ को दिपसन फार्मेसीले दर्ता नै नभएको scalp lotion (permethrin 5%), sket shampoo संचय गरेको पाइएको छ । निरीक्षणको क्रममा सम्बन्धित व्यवसायी अनुपस्थित रहेको, व्यक्तिगत नाममा दर्ता रहेको फार्मेसीमा Tramadol injection संचय गरेको र oxytocin injection फ्रिज बाहिर संचय गरेको जस्ता कैफियत पाइएको हुँदा औषधी ऐन, २०१५ को दफा २० को उपदफा ४ (क) बमोजिम निलम्बन गरिएको (कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको) भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेको छ । जिप्रका रामेछापको पत्रानुसार दिपसन फार्मेसीलाई पत्र बुझेको मितिले ३५ (पैँतिस) दिनका लागी निलम्बन गरिएको छ ।
त्यस्तै, मन्थली नगरपालिका वडा नं. १ मा नै रहेको साकुरा मेडिकल हलले दर्ता नभएको canzid (clotrimazole) powder, scalp lotion संचय गरेको पाइएको छ । Spasmo, Pregabalin औषधीहरू बिक्री गरिसकेको secondary packaging material हरू फोहोर फाल्ने कार्टुन हेर्दा १२ थान देखा परेको जस्ता कैफियतपूर्ण कार्य गरेको पाइएकोले साकुरा मेडिकललाई पनि औषधी ऐन, २०१५ को दफा २० को उपदफा ४(क) बमोजिम निलम्बन गरिएको (कुनै पनि कारोबार गर्न र पसल खोल्न रोक लगाएको) छ । जिप्रका रामेछापको पत्रानुसार साकुरा मेडिकल हललाई पत्र बुझेको मितिले २१ (एक्काइस) दिनका लागी निलम्बन गरिएको छ ।
साथै यस प्रकारका र अन्य गैर कानुनी व्यापार व्यवसाय तथा कारोबार नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सचेत गराउँदै कोही कसैले यस्ता उपभोक्ता हित विपरीतका कार्य गरे गराएको पाइएमा थाहा पाउने जो सुकैले जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, सम्बन्धित गाउँपालिका ÷ नगरपालिका एवं जिम्मेवार निकायमा जानकारी गराउन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

Shares:

Related Posts

अन्य

रामेछाप नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा १५.६१ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड
अन्य

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर
अन्य

लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया

नेपाल औषधि व्यवसायी संघ बाग्मति प्रदेश को समन्वय,औषधि व्यवस्था विभागको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको आयोजनामा लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम
अन्य

जनप्रतिनिधि र राजनीतिक दलले भने सरकारी कार्यालयहरुले राम्रो काम गरेनन्

रामेछाप । जिल्लाको सरकारी कार्यालयहरूको काम र भएका प्रगति प्रति जनप्रतिनिधि र राजनीतिक दलले चर्को असन्तुष्टि जनाएका छन् । जिल्ला स्थित सरकारी कार्यालयहरूले स्थानीय तहसँग सहकार्य नगरी योजनाहरूको काम गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *