रामेछाप । जिल्लामा १६ शैयाको आयुर्वेदिक अस्पताल बन्ने भएको छ । गत फागुन ३० को बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार रामेछापमा आयुर्वेदिक अस्पताल बन्ने भएको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली रामेछापबाट फिजियोथेरापी र अकुपञ्चर लगायतका सेवाहरू थप हुने समेत कार्यालयका वरिष्ठ कविराज निरीक्षक दीपक कुमार कार्कीले बताए । उनले भने – प्रदेश सरकारले अस्पतालका लागी दरबन्दी समेत स्वीकृत गरिसकेको छ । प्रदेश सरकारले लोकसेवा आयोगबाट कर्मचारीका आवश्यकताको सूचना समेत प्रकाशन गरिसकेको छ ।
सेवा केन्द्रको रूपमा सञ्चालित जिल्ला आयुर्वेदको कार्यालय (हालको ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’) अब अस्पतालको रूपमा स्तर उन्नति हुने चरणमा रहेकाले सेवा सुविधाहरू थप हुँदै जाने कार्कीले बताए ।
अस्पताल निर्माणका लागी जग्गा भने यकिन भई नसकेको कार्कीले बताए । कार्कीले भने – आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसँगैको जग्गा सडकका कारणले अपुग भएको छ । मन्थली नगरपालिकासँग छलफल गरेर सडकलाई अलि घुमाउन सके हालको संरचना पनि काममा आउने थियो, भवन बनाउन पनि जग्गा पुग्ने थियो ।
जिल्लामा, त्यो पनि मन्थली नगरपालिकामा आयुर्वेदिक अस्पताल बन्नु खुसीको कुरा भएको नगरप्रमुख लब श्रेष्ठ बताउँछन् । उनले भने– हामीले देखाएको जग्गा अपुग हुने भएपछि त्यो बारेमा कुनै छलफल भएको छैन । हामी आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रतिनिधिसँग बसेर यो बारेमा छलफल गर्नेछौँ ।
रामेछापमा १६ शैयाको आयुर्वेदिक अस्पताल बन्दै
Related Posts
सोलुखुम्बु पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका ८ चौकीटारमा घर जल्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार दिउँसो वनमा लागेको आगो घरमा सल्किँदा ३२ वर्षकी रमिता तामाङ्गको मृत्यु भएको हो ।दुई
रामेछाप । रामेछाप नगरपालिकाको वडा नं. ८ बाबियाखर्कामा सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय घिमिरे परिवारले जग्गा दान गरेका छन् ।उद्धवप्रसाद घिमिरेले आफ्ना नाममा रहेको ०–१४–४–४ र लिलानाथ घिमिरेले ०–८–०–०
रामेछाप पौष २६ । मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा सर्बसम्मत निर्बाचित भएका छन् । शुक्रबार भएको ५ औं जिल्ला अधिबेशन बाट अध्यक्षमा बोहरा निर्वाचित भएका हुन् । उपाध्यक्षमा




