समाचार

सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुली । सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमान्डौबाट विराटनगर हिँडेको वा५ख६६१८ नम्बरको माईक्रोबस विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ सिस्नेरीमा दुर्घटना हुँदा हायस चालक सहित १५ जना घाईते भएका छन ।
शुक्रबार विहान भएको दुर्घटनामा परि मोरङको सुन्दरहरैचा नगरपालिका –९ का अनुज सुन्दास, सुन्दरहरैचा –१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका –१९ का सिसम घिमिरे, झापा विर्तामोड नगरपालिका– ५ का समिर तामाङ, सुनसरीको इटहरि उपमहानगरपालिका– ६ की विजया तिमल्सिना, मोरङ लेटाङ नगरपालिका– ६ का गोपाल नेपाली, मोरङ लोटाङ –१ का दिपेश राई घाईते भएका छन ।
यस्तै मोरङको मधुमल्ला गाउँपालिका –९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का, पाँचथर याङवरक गाउँपालिका– ४ का विक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्षिन नगरपालिका– १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैंचा नरपालिका– १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका ८ का अतुल कटुवाल र तेह्रथुम छत्रश्रीमा –६ का तिर बहादुर लिम्बु घाईते भएको काफ्लेले बताए । घाईतेहरुको सिन्धुली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । माइक्रोबस अनियन्त्रित भई नालीमा ठोक्किएर दुर्घटना भएको प्रहरीेले जानकारी दिएको छ ।

Shares:

Related Posts

समाचार

रामेछाप नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न वित्तीय प्रगति १८.४ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु तर्फ रु ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ र पुँजीगत तर्फ रु २५ करोड २१ लाख ६५
समाचार

लिखु गाउँपालिका ओखलढुंगाले अध्यक्ष कप गर्दै

ओखलढुंगा । लिखु गाउँपालिकाले “लिखु अध्यक्ष कप २०८०” संचालन गर्ने भएको छ । खेलकुद विकास समितिको निर्णयानुसार खुल्ला अन्तरपालिका स्तररीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुन लागेको हो । “सामाजिक
समाचार

रामचन्द्रलाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार : कान्छाराम

रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको
अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *