समाचार

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित

१४ कात्तिक, रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा गठन भएको छ ।
दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा रुद्र श्रेष्ठ र निरा तामाङ, सचिवमा जय मानन्धर, उपसचिवमा विष्णुराज कडरिया र लक्ष्मी ढुंगेल, कोषाध्यक्षमा सरोज लामा र सह कोषाध्यक्ष मोहन कार्की निर्वाचित भएका छन् भने सदस्यहरुमा देवचन्द्र कठायत, पुरुषोत्तम बस्नेत, पर्वत बि क, सुवास फुयाँल, शम्भु बि क, कृष्ण लगुन, देवी बुढाथोकी, अस्बिन बोहरा, अर्जुन खत्री, माधव आरण र चेतमान तोलाङ्गे निर्वाचित भएका छन् ।
शुक्रवार मन्थलीमा सम्पन्न महासंघको अधिवेशनमा वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा, महासंघ रामेछापका अध्यक्ष पवन कठायतको अध्यक्षतामा भएको थियो । अधिवेशनमा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

Shares:

Related Posts

समाचार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आउँदै मतपत्ररामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको
समाचार

मन्थली बजार क्षेत्रमा अनुगमन फेला परे फेन्सी र तरकारी पसल दर्ता र नविकरण बिना सञ्चालनमा

रामेछाप, असार १ । रामेछाप जिल्लाको प्रमुख बजार क्षेत्र मन्थलीमा आइतबार बजार अनुगमन गरिएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको अगुवाइमा गरिएको उक्त अनुगमन टोलीले दर्ता र नविकरण बिना
समाचार

अध्यक्ष पाख्रिनद्वारा पदभार ग्रहण

रामेछाप । रामेछाप अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले पदभार ग्रहण गरेका छन् । उनले बुधवार पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका
समाचार

वडाले खेलाडीलाई हौसला दिदै नगद सहित गर्यो सम्मानरामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ ले वडाका खेलाडीलाई नगद सहित सम्मान गरेको छ । वडाले बाग्मती प्रदेश स्तरीय राष्ट्रपति रनिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *