समाचार

रामेछाप अस्पतालमा चिसो बढेसँगै विरामीको चाप

रामेछाप अस्पतालमा विरामीको चाप बढ्दो

रामेछाप । रामेछाप अस्पतालमा चिसो बढेसँगै विरामीको चाप बढेको छ । आजभोली दैनिक विरामीको संख्या बढ्दो छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठका अनुसार हाल दैनिक १ सय देखी १ सय ५० जनासम्म विरामीहरु अस्पतालमा आउने गरेका छन् । जाडो बढेसँगै अस्पतालमा दम, रुघाखोकी, ज्वरो, निमोनिया, सुगर÷प्रेसर कन्ट्रोल नभएका बिरामीहरुको चाप बढेको श्रेष्ठ बताए ।
अस्पतालको सबै शैया बिरामीले भरिएका छन् । अहिले २४ जना बिरामी वेड भर्ना भएर उपचार गराइरहेको निमित्त मेसु श्रेष्ठले जानकारी दिए । वेड भर्ना भएका धेरै बिरामीहरु दम, रुघाखोकी, ज्वरो, निमोनियाको रहेको श्रेष्ठले बताए ।
अस्पतालमा दैनिक बालकदेखि बृद्धबृद्धा तथा सवै उमेर समूहका विरामीहरु चेकजाँचको लागि आउने गरेको अस्पतालले जनाएको छ । पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीहरु अस्पतालमा आएर निशुल्क उपचार सेवा लिएर गएका छन । अस्पतालमा हरेक महिनाको एक दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । अस्पतालमा विशेषज्ञ÷विशिष्टिकृत सेवा विस्तार भएपछि उपचारको लागी आउने बिरामीको संख्यामा समेत वृद्धि भएको छ । अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या समेत बढेको छ । वितेको ४ आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढेको हो । पछिल्लो समय जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज भएको छ । प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर राजधानी काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पताल लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको हो । प्रसुति सेवाकै लागि रामेछाप सहित छिमेकी जिल्ला सिन्धुली, ओखलढुंगा र दोलखाबाट समेत आउने गरेको अस्पतालले जानकारी दिएको छ ।

Shares:

Related Posts

समाचार

सुरक्षा चेकजाँचमा कडाइ गर्न मन्थली विमानस्थलमा एक्स–रे मेसिन

रामेछाप । जिल्लाको एक मात्र विमानस्थल मन्थली विमानस्थलमा एक्स–रे मेसिन राखिएको छ । मन्थलीबाट सोलुको लुक्ला जाने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गएपछि सुरक्षा चेकजाँचमा कडाइ गर्नकालागि एक्स–रे मेसिन राखिएको छ
समाचार

परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता : कुलमान घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा
समाचार

हुरिले छानो उडाए पछि पानी आउँदा त्रिपाल बोकेर बस्छिन् मधु गिरी

रामेछाप । आफ्नो घरको छानो हुरिले उडाए पछि छानो टालिदिन आग्रह गर्दै मधु गिरि मन्थली नगरपालिका आई पुगिन् । खरले छाएको एउटा कच्ची घर । त्यही घरको छानो पनि हावाहुरीले
समाचार

उमाकुण्ड गाउँपालिकाले गाउँमै नागरिकलाई सुविधा दिँदै

रामेछाप । उमाकुण्ड गाउँपालिकाले नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *