समाचार

उर्जा क्षेत्रमै उज्यालो पर्याप्त होइन, अब देशको नेतृत्व आवश्यक छः कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ऊर्जा क्षेत्रमा मात्र उज्यालो भएको पर्याप्त नभएको भन्दै समग्र देशलाई उज्यालो बनाउने जिम्मेवारी नेतृत्वको भएको बताएका छन् ।
बिहीबार सुनापति गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा मन्त्री घिसिङले अँधेरोबाट देशलाई उज्यालो बनाएको भए पनि अब देशका सबै क्षेत्रलाई उज्यालो बनाउन सही नेतृत्व चयन गर्न आवश्यक रहेको बताए ।
सुनापती गाउँपालिकाका प्रतिनिधिहरूले स्वास्थ्य, पूर्वाधार विकास, सडक–पुल निर्माण र अस्पताल व्यवस्थापन लगायत विविध मागहरू राख  । मन्त्री घिसिङले नागरिकहरूलाई अहिलेको सरकारबाट धेरै आशा नराख्न सुझाव दिँदै आगामी फागुन २१ गते हुने निर्वाचनमा जिम्मेवार निर्णय गर्न आग्रह गर  । उनले भने, “निर्वाचनपछि बन्ने सरकारले देशको विकास र जनताको जीवनस्तर सुधारमा काम गर्नेछ । सही नेतृत्व चयन नगरेको खण्डमा उज्यालो सबै क्षेत्रमा फैलाउन गाह्रो हुनेछ ।”
विशेषज्ञहरूका अनुसार मन्त्री घिसिङले व्यक्त गरेको सन्देशले आगामी निर्वाचनमा जनताको चेतना बढाउने र स्थानीय विकासप्रतिको सहभागिता सुनिश्चित गर्ने सम्भावना राख्छ ।
सुनापती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य युवराज चौलागाई, जिल्ला समन्य उपप्रमुख प्रेम सागर थापा, निवर्तमान गाउँपालिका अध्यक्ष धावा लामा, लगाएत विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले नियमित अस्पताल संचालन र व्यवस्थापनका लागी साथ र सहयोग रहने बताउदै अस्पताल संचालन आएकोमा खुसि व्यक्त गरे  । २०७७ साल मंसिर १५ गते सिलान्यास गरिएको अस्पतालले एक बर्ष देखि सेवा प्रदान गर्दै आएको अस्पतालको हिजो विहिबार बाट औपचारीक सेवा सुभारम्भ गरेको छ  । कुल ७ करोड ९० लाख ७५ हजार २ सय ८८ रुपैयाको लागतमा निर्माण अस्पताल बिएनबिआरएनसिएफ जेभिले कम्पनीले निर्माण सम्पन्न गरेको गाउँपालिका उपाध्यक्ष गिता विष्टले बताइन् ।

Shares:

Related Posts

समाचार

खानेपानीको अभाले मुहान खोज्दै लिखुतामाकोेशी गाउँपालिका

रामेछाप । आफ्ना नागरिकलाई पिउन पानीको समस्या परेपछि पानीको मुहान खोज्दै हिँडेका छन् केशव महत । महत लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष हुन् । लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ३,४ र
समाचार

हुलाक सेवा विभागको सेवामा अविश्वासको डंगुर

रामेछाप । सरकारी सेवा जनताको भरोसामा टिकेको हुन्छ। तर भरोसा चर्किएको बेला भाषणले मात्र टाल्न सकिँदैन। यही यथार्थ प्रष्ट देखियो मन्थलीमा आयोजित ‘हुलाक सेवा सम्बन्धी स्थानीय तहसँग अन्तक्र्रिया’ कार्यक्रममा ।
समाचार

मेन्टरमाथि अधिकृतहरूको अमानवीय व्यवहार विरुद्ध उजुरी दर्ता

रामेछाप । बालबालिका संरक्षणको नारा बोक्ने ’सेतो गुराँस’ भित्रै मेन्टर महिलाहरूमाथि भइरहेको चरम मानसिक हिंसा, निकृष्ट चरित्र हत्या र श्रम शोषणको घटनाले सामाजिक संस्थाको मुकुण्डो उघारिदिएको छ । हाकिमहरूको स्वेच्छाचारी
अन्य

सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको सेवा आब आफ्नै नयाँ भवन बाट

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको

Leave a Reply

Your email address will not be published. Required fields are marked *