समाचार

अघिल्लो जनप्रतिनिधिले बाँढेका अनुदान पचाए जसरी अब सर्लक्कै पचाउन दिने छैनौँ – अध्यक्ष काजीबहादुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८१÷८२ मा व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका छन् । शुक्रवार पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले पालिकाले अनुदानका कार्यक्रमहरू कटौती गरेको गुनासो पोखेपछि अध्यक्ष खड्काले व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका हुुन् । उनले भने, ’हामीले अनुदानका कार्यक्रम कटौती गरेका होइनौ, व्यवस्थित कार्यविधि बनाउन समय लागेको मात्रै हो ।’
अघिल्लो कार्यकालका जनप्रतिनिधिले बाँढेका अनुदानहरू उपलब्धिमूलक नभएको कारणले उपलब्धिमूलक बनाउन विशेष योजना बनाउँदै गरेको अले बताए। उनले भने, ’पुराना अनुदान लैजाने नागरिकहरूलाई हामीले अनुदान रकम उपलब्धिमूलक नहुनुका कारणको लिखित तथा मौखिक जवाफ मागेका थियौँ । व्यापार डुब्यो, सोचेको व्यापार भएन, कति घाटामा बस्नु भनेर जवाफ दिनु भयो अनुदान लानेहरूले । हामीले अनुदान लगेको हो, हामीले आफ्नो व्यवसाय नाफामुखी बनाउन सकेनौ, घाटै घाटामा बस्नु भन्दा व्यवसाय छाड्नु उत्तम लागेर छाडियो भनेर उहाँहरूले भन्नु भयो । तसर्थ अबका अनुदानमा फेरी त्यही समस्या नआओस् भन्ने पालिकाको चाहना हो ।’
अध्यक्ष खड्काले भने, ’कृषि अनुदान लैजानेहरू अहिले कृषि पेसामा छैनन् । अनुदान दिए पछि उत्पादन हुन प¥यो । अब हामी किसानको घरघरमा पुगेर आवश्यकता पहिचान गर्छौँ । अनुदान दिए पछि आउने प्रतिफल र उत्पादनको लेखाजोखा गर्छौ । अनुदान लगे पछि उत्पादन गरेर देखाउनै पर्छ, पहिले जसरी अनुदानलाई सर्लक्कै पचाउन दिने छैनौँ ।’
पालिकामा रेबिज विरुद्धको खोप नभएको र सार्वजनिक शौचालय नभएको समेत गुनासो आएको थियो । रेबिजको खोप पालिकामै भएको र आवश्यकता र मागका आधारमा सार्वजनिक शौचालय बनाइने पालिका अध्यक्ष खड्काले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाइमा सुमन खड्का र शङ्कर कार्कीले मौखिक सवाल गरेका थिए । त्यस्तै अन्य केही नागरिकले लिखित जवाफ गरेका थिए । मूलतः सवालहरू अनुदानसँगै जोडिएका थिए ।
सार्वजनिक सुनुवाइमा पालिका अध्यक्ष खड्का, उपाध्यक्ष उषादेवी कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादबले पालिकालाई उत्पादन सँग जोड्ने योजनाहरूमा बजेट खर्च गरिने र त्यसको लागी सबै नागरिकलाई साथ दिन अनुरोध गरे ।

Shares:

Related Posts

समाचार

खाँडादेवी गाउँपालिकाको सान्नेफेदीमा बोलेरो दुर्घटना, १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको
समाचार

सरसफाईमा हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर

सरसफाईमा हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर रामेछाप । शनिवार बिहानै रामेछाप नगरपालिकाकी प्रमुख बाल कुमारी कार्की विटार पार्क पुगिन् । झट्ट हेर्दा बिहानै त्यो पनि शनिवार भएको कारणले ’मर्निङवाक’
समाचार

लघुवित्तको ‘ऋणजाल’विरुद्ध काठमाडौंमा किसान-मजदुरको मार्चपास

काठमाडौं — लघुवित्त तथा वित्तीय संस्थाहरूले फैलाएको वित्तीय शोषण र चर्को ब्याजदरको चक्रविरुद्ध आन्दोलनरत पीडितहरूले आइतबार राजधानीमा मार्चपाससहित प्रदर्शन गरेका छन्। ‘सम्पूर्ण किसान–मजदुर एक हौँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ’ भन्ने
समाचार

लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत

रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *