समाचार

उमाकुण्ड गाउँपालिकाले रोक्योे नदीजन्य पदार्थ उत्खनन गर्न

रामेछाप पौष १८ । जिल्लाको उमाकुण्ड गाउँपालिकाले नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गर्न रोक लगाएको छ । पालिकाको लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी नदीजन्य पदार्थ उत्खनन गरी वातावरणलाई प्रभावित पारेको भन्दै गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको हो । गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागि आइइई÷इआइए प्रतिवेदन तयार नहुँदासम्म उत्खननको काममा रोक लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीले बताए । उनका अनुसार आइइई÷इआइए प्रतिवेदन तयारका लागि तत्काल प्रक्रिया अगाडी बढाइ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ बमोजिम ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गरिने भएकोले सो कार्य पुरा नभए सम्मको लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय भएको हो ।
गाउँपालिकाको निर्णय विपरीत ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइएमा बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना गरिने गाउँपालिकाले सूचना मार्फत चेतावनी समेत दिएको छ । लिखु नदीमा दुगड ग्रुपले सञ्चालन गरेको विभिन्न जलविद्युत आयोजनाले सो क्षेत्रमा प्राकृतिक श्रोतको कानुन विपरीत दोहन गरिरहेको स्थानीयको आरोप समेत छ । नदीको पानी सुकाएर ड्याममा पानी फर्काउँदा लिखुका जलचर नष्ट भएका र जङ्गली जनावरलाई पानी खान समेत समस्या भएको स्थानीय डोमा शेर्पा बताउँछिन् ।
उमाकुण्डमा संचालित जलविद्युत आयोजनाका कारण उमाकुण्डका बिभिन्न धार्मिक स्थल तथा नदीनालाहरू समेत कुरूप बनाएको छ ।

Shares:

Related Posts

समाचार

उपनिर्वाचन ः आज मनोनयन दर्ताकाठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म
समाचार

महाकाली देवीको पूजा गरेर हायु जातिको सकियो दसैँ

रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र
समाचार

महिलावादी अनुपम अभियान २०८४ मा महिला, हुनुपर्छ पहिला

रामेछाप । रामेछापमा महिलावादी अनुपम अभियान सुरु भएको छ । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको हो ।शनिवार रामेछाप
समाचार

सुनकोशी मरिण डाइभर्सन सुरूङको ‘ब्रेक– थ्रू’

रामेछाप । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रू’ गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास

Leave a Reply

Your email address will not be published. Required fields are marked *