समाचार

रामेछापको प्याब्सनको अध्यक्षमा तिमल्सिना दोहोरिए, सामाजिक उत्तरदायित्वबाट पछि हट्यो

रामेछाप पुस १८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रामेछापको अध्यक्षमा केशव तिमल्सिना दोहोरिएका छन् । कर्कला देवी बोर्डिङ स्कुलका प्रिन्सिपल तिमल्सिना दोस्रो कार्यकालको लागि सर्व सहमतिमा अध्यक्षमा दोहोरिएका छन् ।
बुधवार मन्थलीमा भएको प्याब्सन रामेछापको छैटौँ जिल्ला अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ । प्याब्सनको उपाध्यक्षमा तामाकोशी इङ्ग्लिस बोर्डिङ स्कुल मन्थलीकी पार्वती पाठक, सचिवमा लिटिल स्टार इङ्ग्लिस स्कुलका प्रिन्सिपल रमेश फुयाँल, कोषाध्यक्षमा खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुममा सञ्चालित जिएन इङ्ग्लिस बोर्डिङ स्कुलकी अनिता कार्कीले चयन भएका छन् । भने सदस्यमा गंगालाल एकेडेमी रामेछाप नगरपालिकाका रवीन्द्र कुमार श्रेष्ठ, खिम्ती सनराइज पब्लिक स्कुलका खड्गबहादुर थापा, दीप ज्योति इङ्ग्लिस स्कुल सालुका अनिल श्रेष्ठ चयन भएका हुन् । गंगालाल एकेडेमी रामेछापकै ढाल विक्रम कार्की महाधिवेशन चयन भएका छन् । प्याब्सनमा जिल्ला भरीका १० निजी तथा आवासीय विद्यालय आबद्ध छन् ।
विद्यालय बन्द गरेर अधिवेशन
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रामेछापको अधिवेशनका लागि निजी विद्यालयहरूले विद्यालय नै बन्द गरे । बुधवार मन्थलीका तामाकोशी ईङ्ग्लिस बोर्डिङ स्कुल, लिट्टिल स्टार बोर्डिङ स्कुल र कर्कलादेवी ईङ्ग्लिस बोर्डिङ स्कुलले विद्यालयका सम्पूर्ण पठनपाठन अवरुद्ध गरेर प्याब्सनको अधिवेशन सकाए ।


प्याब्सनले सबै निजी विद्यालयलाई समान बनाउन सकेन
प्याब्सन रामेछापको अधिवेशनमा प्रमुख अतिथि बनेर ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ आएका थिए । उनले प्याब्सन रामेछापको अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै भने– प्याब्सनले सम्पूर्ण निजी तथा आवासीय विद्यालयहरूलाई समान बनाउन सक्नु पर्छ ।
तर रामेछापका निजी तथा आवासीय विद्यालयमा कहिल्यै त्यस्तो देखिएन । प्याब्सन भनेको निजी तथा आवासीय विद्यालयलाई समस्या पर्दा अरुसँग लड्न भिड्न बनाइएको समूह जस्तै बनेको छ । निजी तथा आवासीय विद्यालयलाई मोनिटरिङ गर्ने काम कहिल्यै गरेन प्याब्सनले ।
निजी तथा आवासीय विद्यालयहरूले बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्वका बारमा कहिल्यै चासो राखेन प्याब्सनले । निजी विद्यालयहरू सधैँ कसरी विद्यार्थी बढाउने र आम्दानी बढाउने भन्ने होटबाजीमा लागिरहेँ । तर निजी विद्यालयहरूले कस्तो ठाउँमा राखेर विद्यार्थीलाई पढाइरहेका छन्? विद्यार्थीलाई कस्तो खानपान गराई रहेका छन् ? समग्रमा विद्यार्थीको अवस्था कस्तो छ भन्ने आधारभूत ’मोनिटरिङ’को काममा सधैँ चुकेकै छ प्याब्सन ।
अधिवेशनको उद्घाटन कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठ, वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना कार्की, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहभागीलाई रामेछाप प्याब्सनका सल्लाहकार दीपक खड्काले स्वागत गरेका थिए ।

Shares:

Related Posts

समाचार

मोटरसाईकलको ठक्करबाट घाइते बालकको उपचारको क्रममा मृत्यु

रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडा भन्ने स्थानमा मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते भएका ७ वर्षका बालक मुराज खानको मृत्यु भएको छ । उपचारका क्रममा धुलिखेल अस्पतालमा आइतबार विहान
समाचार

सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेको सुमो रजगाउँमा दुर्घटना १ जनाको मृत्यु ७ जना घाइते

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं. ४ स्थित रजगाउँ माडी मुहानमा सच्चाँईको अधिवेशन सकेर फर्कदै गरेका यात्रुवाहक सुमो दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु
समाचार

रामेछापका २१ सरकारी कार्यालयद्वारा सूचनाको हकको उल्लंघन, अझै ४ कार्यालयले तोकेनन सूचना अधिकारी

रामेछाप । रामेछापका धेरै सरकारी कार्यालयहरूमा सूचनाको हकसम्बन्धी कानुनको कार्यान्वयन कमजोर देखिएको छ। जिल्ला हुलाक कार्यालय रामेछापले गरेको पछिल्लो अनुगमनमा ४७ मध्ये २१ कार्यालयले अनिवार्य स्वतः सूचना प्रकाशन नगरेको पाइएको
समाचार

बृहत् रामेछाप महोत्सव ११ लाख बढी घाटामारामेछाप । रामेछाप उद्योग वाणिज्य संघ मन्थली ११ लाख बढी घाटामा रहेको छ । संघले गत पुष २६ देखि माघ ७ गते सम्म आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *