समाचार

सुनकोशी मरिण डाइभर्सन सुरूङको ‘ब्रेक– थ्रू’

रामेछाप । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रू’ गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । ’यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नुका साथै बिजुली उत्पादन हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ’आज सुरूङको ‘ब्रेक– थ्रू’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।’
सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ’सुरूङमार्गको ब्रेक– थ्रू सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।’
कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि अपरिहार्य रहेको बताए । नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेका बताए ।
हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गरिने उल्लेख गरे । प्रधानमन्त्री दाहालले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गरे ।
यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए । आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल÷जलासयमा पर्यटन व्यवसाय फस्टाउने बताए ।
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली वाग्मती नदी हुँदै वाग्मती सिँचाइ आयोजनामा पु¥याउने छ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

Shares:

Related Posts

समाचार

जेष्ठ नागरिक सँघ रामेछापले गर्यो असल बुहारि सम्मान

रामेछाप २४ जेठ । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच वीच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी
समाचार

तिहार लक्षित बजार अनुगमन

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ । शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर
समाचार

चेपाङको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्रीले दिए २ लाख

हेटौँडा– राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि
समाचार

सेफ हाउस संचालकलाई राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश द्धरा अभिमुखीकरण

रामेछाप । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले मन्थलीमा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सकेको छ । रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *