समाचार

नेपाल बाल संगठन रामेछापको अध्यक्षमा दोहोरिए घिमिरे

रामेछाप । नेपाल बाल संगठन, जिल्ला कार्य समितिको शुक्रवार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले सुन्दर घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि पूर्ण समिति अनुमोदन गरेको हो। यसअघि तदर्थ समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका घिमिरेले पुनः नेतृत्व पाएका छन्।
निर्वाचित उपाध्यक्षमा द्वारिका कार्की, सचिवमा पवन घिमिरे र कोषाध्यक्षमा पुरुषोत्तम बुढाथोकी रहेका छन्। त्यस्तै सदस्यहरूमा सीता पुरी, भवानी खड्का, रमेश हरि श्रेष्ठ र सन्देश साहि चयन भएका छन्।
अधिवेशनमा संगठनको विगतका गतिविधिहरू, बालबालिकाको अधिकार संरक्षण, शिक्षा तथा सिकाइ वातावरण सुधार, साथै आगामी दिनमा बालमैत्री कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता बारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले जिल्ला स्तरीय गतिविधिलाई अझ सुदृढ बनाउँदै बालमैत्री पहललाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ नेतृत्वले संस्थालाई थप सक्रिय बनाउँदै बाल संरक्षण र विकास सम्बन्धी कार्यक्रमलाई प्राथमिकतापूर्वक अघि बढाउने प्रतिवद्धता जनाएको छ।

Shares:

Related Posts

समाचार

नेपाली काँग्रेस रामेछापले महासमिति निर्वाचनको मिति तोकियो ।

रामेछाप । नेपाली काँग्रेस रामेछापले महासमितिको निर्वाचन मिति तय गरेको छ । पार्टीको आन्तरिक विवादमा कारण अनिश्चित कालको लागि स्थगित गरिएको काँग्रेस महासमिति सदस्यको निर्वाचन फागुन १ गतेका लागि तोकिएको
समाचार

सेतीदेवी आ वि सिम्लेमा खानेपानी अभाव भयो पुरारामेछाप । रामेछाप नगरपालिका वडा नं ७ शुकाजोर सिम्लेमा रहेको श्री सेतिदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव पुरा भएको छ । स्थापना काल देखिनै
समाचार

जेष्ठ नागरिक सँघ रामेछापले गर्यो असल बुहारि सम्मान

रामेछाप २४ जेठ । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख लव श्री न्यौपानेले एक औपचारिक कार्यक्रमका विच वीच जेष्ठ सासु ससुरालाई राम्रो हेरचाह गर्ने ९ जना बुहारी
समाचार

रामेछाप नगरपालिका वडा न. ७ सुकाजोरले सम्पन्न गर्यो सार्वजनिक सुनुवाइ

घरघरमा बिरामी परीक्षण गर्दै आयुर्वेद चिकित्सालयरामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *