अन्यसमाचार

संसद् पुनस्थापनामाग गर्दै एमालेले शनिबार वृहत् जनप्रदर्शन र जनसभा गर्ने

रामेछाप । संसद् पुनस्थापना, शान्ति–सुरक्षा र सुशासनका मागसहित नेकपा एमाले रामेछापले शुक्रबार कार्तिक २९ गते मन्थलीमा वृहत् जनप्रदर्शन र जनसभा आयोजना गर्ने भएको छ। पार्टीले शुक्रबार बिहान मन्थलीस्थित कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत कार्यक्रमका सबै तयारी पूरा भएको जनाएको छ।
एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार जिल्लाका आठवटै स्थानीय तह, ६४ वडा कमिटी र विभिन्न जनसंगठनमार्फत करिब २ हजारभन्दा बढी कार्यकर्ता प्रदर्शनमा सहभागी हुनेछन्। कडरियाका अनुसार आजको कार्यक्रम असंवैधानिक र प्रतिगामी कदम चालेको वर्तमान सरकारविरुद्ध केन्द्रित हुनेछ। कथित छानबिन आयोग खारेजी, निष्पक्ष आयोग गठन, नवयुवाहरूका समस्याको समाधान र संसद् पुनस्थापना प्रमुख एजेन्डा रहेको उनले स्पष्ट पारेन।
कडरियाले जेनजी पुस्ताको आन्दोलनका नाममा भइरहेको तोडफोड, आगजनी र हिंसात्मक क्रियाकलापबारे एमालेको स्पष्ट धारणा रहेको उल्लेख गर्दै शान्ति–सुरक्षा, सुशासन र पारदर्शिताप्रति पार्टीको प्रतिवद्धता दोहो¥याए।
पत्रकार सम्मेलनमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईँले देशभर एमालेले यस्तै कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार संसद् पुनस्थापना बिना देश अराजकता र अस्थिरतामा फस्ने जोखिम बढ्दै गएको छ।
चौलागाईँले सरकार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै भने, “सुरक्षाकर्मीका हतियार लुटिएका छन्, विभिन्न अपराधमा संलग्नहरू जेलबाट बाहिर छन्। यस्तो अवस्थामा निर्वाचन हुन्छ भनेर कसरी विश्वास गर्ने? सरकार आगजनी र तोडफोडमा संलग्नलाई बचाउन तल्लीन छ।” उनले एमाले न त निर्वाचनको विरोधी भएको न त बहिष्कार गरेको तर संविधानमाथि भइरहेको हस्तक्षेप स्वीकार्य नहुने बताए। “संसद् पुनस्थापना गरेर मात्र देश शान्तिपूर्ण निर्वाचनको मार्गमा अघि बढ्न सक्छ,” चौलागाईँले थपे।
एमालेका अनुसार मन्थलीमा हुने आजको प्रदर्शनले संसद् पुनस्थापना, स्थिरता र सुशासनका पक्षमा सशक्त दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Shares:

Related Posts

समाचार

अघिल्लो जनप्रतिनिधिले बाँढेका अनुदान पचाए जसरी अब सर्लक्कै पचाउन दिने छैनौँ – अध्यक्ष काजीबहादुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८१÷८२ मा व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका छन् । शुक्रवार पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा
समाचार

लिखु तामाकोशि गाउँपालिकाले यस बर्ष बाट माटो परीक्षण गर्ने मेसिन खरिद गर्ने

रामेछाप। जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले पालिकामा नै माटो परीक्षणको व्यवस्था गर्ने भएको छ। पालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट माटो परीक्षणका लागि चाहिने यन्त्र खरिद गर्ने कृषि तथा पशुपक्षी विकास
समाचार

नेपाल रेडक्रस रामेछापले ब्लड बैैंकका लागि सहयोग गर्न माग

रामेछाप । नेपाल रेडक्रस रामेछापले सञ्चालन गरिरहेको ब्लड बैकको लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेको छ । ब्लड बैङ्कका लागि आवश्यक पर्ने एउटा फ्रिज उपलब्ध गराउन रेडक्रसले वाग्मती प्रदेश
समाचार

धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो

काठमाडौँ । आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ । अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *