समाचार

सुनापति गाउँपालिका चौथो गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा

रामेछाप– जिल्लाको सुनापति गाउँपालिका चौथो गाउँपालिकाअध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मुगिखोला युवा क्लबको पोल्टोमा परेको छ । बुधवार (हिजो) भएको फाइनले खेलमा आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै गाउँपालिका चौथो अध्यक्ष कपको उपाधि जितेको हो । विजेता टिम मुगिखोला युवा क्लबले १ लाख ५० हजार नगत ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता हुने आयोजक टिमले १ लाख नगद, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा मुगिखोला युवा क्लबले बेस्ट अप ५ मा भएको खेलमा ३/२ ले पराजित गरेको हो ।
तेस्तै तृतीय भएको जि एन ई बि एस माकादुमले बेथान युवा समाजलाई पराजित गर्दै ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जि एन ई बि एस माकादुमसँग पराजित भएर सान्त्वना भएको बेथान युवा समाजले २५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उक्त प्रतियोगितामा उत्कृष्ट सर्वर, जिएनइविसका रोशन मगर, बेष्ट सेटर आयोजक टिमका देबेन्दर परिवार, बेष्ट स्पाइकर मुगीखोला युवा क्लवका शुशिल खडका, वेष्ट ब्लकर सनुज चौधरी, बेष्ट डिफेन्डर आयोजक टिमका राजन दर्लामी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी राष्ट्रिय खेलाडीसमेत रहेका मुगीखाला युवा क्लवका दुर्गाबहादुर खड्का बने ।
गत आइतबार देखि सुरु भएको प्रतियोगिताको पुरस्कार वितरण संगै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले ४ दिन सम्म संचालन भएको खेलकुदले गाउँपालिका भित्र रहेका खेलाडीलाई राष्ट्रिय स्तरको खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने मौका मिलेको र आन्तरिक पर्यटक प्रवर्धनमा समेत सहयोग पुगेको भनाइ राखे । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका सदस्य बाबुलाल योञ्जनले गाउँपालिका अध्यक्ष कपले सुनापति गाउँपालिकाको खेलकुदमा सहयोग पुगेको दाबी गरे ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीयदेखि खेलाडी सम्मलाई धन्यवाद दिँदै सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले कार्यक्रमका क्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले यस प्रतियोगिताले सुनापति गाउँपालिकाको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको बताए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमका खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेको ठुलोकान्छा तामाङ, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष गिता विष्ट, विशेष अतिथि सुरेश कुमार श्रेष्ठ, वडाध्यक्ष लगायते पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र दिएर पुरस्कृत गरेका थिए ।
सुनापति गाउँपालिका खेलकुद विकास समिति आयोजक रहेको प्रतियोगितामा रामेछाप र विभिन्न जिल्लाका गरी ११ टिमले सहभागिता जनाएका थिए । सहभागी टिममा राष्ट्रिय स्तरका खेलाडीहरूले समेत भाग लिएको आयोजक सुनापति खेलकुद विकास समितिले बताएको छ ।

Shares:

Related Posts

समाचार

स्थानिय कच्चा पदार्थ प्रयोग गर्दै, दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

रामेछाप । पछिल्लो समय लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने
समाचार

लिखुतामाकोशीको बार्षिक समिक्षा आ.ब. ०८१/०८२ मा ७३.२६ प्रतिशत खर्च

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२ मा भएका काम, सेवा प्रवाह र कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन भएको छ । गाउँपालिकाले कुल बजेटको ७३.२६ प्रतिशत रकम
समाचार

रसुवामा आएको बाढीमा परि १८ जना बेपत्ता, ९ जनाको उद्धार

  काठमाण्डौ – नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली
समाचार

लघुवित्तको ‘ऋणजाल’विरुद्ध काठमाडौंमा किसान-मजदुरको मार्चपास

काठमाडौं — लघुवित्त तथा वित्तीय संस्थाहरूले फैलाएको वित्तीय शोषण र चर्को ब्याजदरको चक्रविरुद्ध आन्दोलनरत पीडितहरूले आइतबार राजधानीमा मार्चपाससहित प्रदर्शन गरेका छन्। ‘सम्पूर्ण किसान–मजदुर एक हौँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ’ भन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *