समाचार

रसुवामा आएको बाढीमा परि १८ जना बेपत्ता, ९ जनाको उद्धार

 

काठमाण्डौ – नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा परी छ जना नेपाली कामदार, छ जना चिनियाँ कामदार, तीन जना प्रहरी र तीन जना गाडी चालक हराइरहेका छन् । बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ ।
अहिले ३० देखि ३५ कामदार फसेको, तर उनीहरु सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । रसुवाको गोसाईकुण्ड नगरपालिमा २ मा गएराति वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै टिमुरेमा रहेको भन्सार कार्यालय परिसर (यार्ड) नै बगाएको हो ।
श्रोत : उज्यालो अन्लाईन

Shares:

Related Posts

समाचार

रामेछापमा एक महिलाको बेवारिसे शव फेला

रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं.६ र गोकुलगंगा गाउँपालिका वडा नं. ६ को सिमाना हुदै बग्ने छतिउन खोलाको माथिल्लो छाँगो स्थितमा पानीको सतहमा महिलाको शव भेटिएको जिल्ला प्रहरी
समाचार

सुनकोशी मरिण डाइभर्सन सुरूङको ‘ब्रेक– थ्रू’

रामेछाप । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधवार सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रू’ गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास
समाचार

रामेछाप नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत ८० करोड बढिको बजेट

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्री न्यौपानेले
समाचार

आँखा जाँच सिबिरमा १४३ जना कैदि बन्दीहरुले सेवा लिए

रामेछाप । रामेछाप जिल्ला कारागार रामेछापमा शनिवार आँखा जाँच सिबिर सम्पन्न भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, रामेछाप शर्जिकल आँखा केन्द्र रामेछाप, जिल्ला कारागार रामेछाप र रामेछाप ग्रामीण आँखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *