समाचार

सन्तोष तामाङको वडामा ५९० घरधुरीको निशुल्क स्वास्थ्य बिमा, स्थानीय निर्वाचनमा नागरिकसँग गरेको वाचा पुरा

रामेछाप । रामेछाप नगरपालिका–८ ले ‘स्वस्थ वडा, सुखी नागरिक’ को लक्ष्यलाई साकार पार्दै सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा समेटेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ। वडाअध्यक्ष सन्तोष कुमार तामाङको नेतृत्वमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमले स्थानीय स्तरमै सामाजिक सुरक्षा सुदृढीकरणको सशक्त उदाहरण पेश गरेको छ।
२०७९ सालको स्थानीय निर्वाचनमा नागरिकसँग गरेको वाचा अनुसार वडाका सबै नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गर्ने प्रतिज्ञा पूरा गरेको वडाअध्यक्ष तामाङले बताएका छन्। उनका अनुसार तीन वर्षअघि सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म ७०१ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन्। वडाले प्रत्येक वर्ष सात लाख रुपैयाँको दरले बजेट विनियोजन गर्दै स्वास्थ्य सुरक्षालाई आफ्नो प्राथमिकतामा राखेको छ। हाल सम्म स्वास्थ्य बिमामा २१ लाख खर्च भएको अध्यक्ष तामाङले बताए ।
उनका अनुसार नगरपालिकाको सहकार्यमा १११ जना र वडाको प्रत्यक्ष खर्चमा ५९० जनाको निशुल्क स्वास्थ्य बिमा गरिएको हो। यस कार्यक्रमले स्वास्थ्यमा पहुँच नपाएका विपन्न नागरिकलाई राहत दिएको छ भने समुदायमा स्वास्थ्य सचेतनाको स्तर पनि उल्लेख्य रूपमा बढेको छ।
वडाअध्यक्ष तामाङका अनुसार “स्वास्थ्य बिमा केवल एउटा योजना होइन, यो नागरिकप्रतिको उत्तरदायित्व हो।” उनले आगामी वर्षमा पनि प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षालाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
रामेछाप–८ को यो पहलले स्थानीय तहका अन्य वडाहरूमाझ पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ, जसले ‘स्वस्थ नागरिक–सबल राष्ट्र’ निर्माणतर्फ नयाँ ऊर्जा जगाएको छ ।

Shares:

Related Posts

समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय
समाचार

खाँडादेवी गाउँपालिकाको सान्नेफेदीमा बोलेरो दुर्घटना, १५ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ सान्नेफेदीमा बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । (आज) बुधवार दिउँसो अन्दाजी २ : ४५ बजेको
अन्य

जिल्लामा ठूलो बजेट प्रस्तुत गर्ने मन्थली नगरपालिका, १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढीको बजेट

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख
समाचार

वसन्त पञ्चमीको दिन उमाकुण्डका विद्यालयमा फुड फेस्टिबल

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालयहरुमा फुड फेस्टिबल कार्यक्रम गरिएको छ। विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *