समाचार

उमाकुण्ड गाउँपालिकाले गाउँमै नागरिकलाई सुविधा दिँदै

रामेछाप । उमाकुण्ड गाउँपालिकाले नागरिकलाई राज्यले प्रदान गर्ने सेवा गाउँमा नै दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
गाउँपालिकाका सात वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने लक्ष्यका साथ उमाकुण्ड गाउँपालिकाले वडा नं १ गुम्देलबाट एकीकृत घुम्ती शिविर सञ्चालन गरेको हो ।
घुम्ती शिविर अभियानको सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलबाट शुभारम्भ गरेका हुन् ।
घुम्ती शिविरको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष सुनुवारले गाउँपालिकाको कार्यालयबाट प्रदान हुने सेवाहरूलाई वडा तहमै प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरिएको बताए ।
उनले भने “उमाकुण्ड गाउँपालिका–१ गुम्देल जिल्लाकै दुर्गम मानिने हिमाली गाउँ पनि हो । यहाँका नागरिकलाई नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रको विवरण भर्ने सहित गाउँपालिकाको सेवा दिने गरी शिविर सञ्चालन गरिएको हो । गुम्देलबाट सुरु भएको एकीकृत घुम्ती शिविर गाउँपालिकाको सात वटै वडामा सञ्चालन गर्ने लक्ष्य छ ।”
शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने, व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र, अपाङ्गता परिचयपत्र, ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा योजना सम्झौता लगायतका काम भएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता रणबहादुर कार्कीले बताए ।
उनका अनुसार सोमबार गुम्देलमा सञ्चालन भएको शिविरमा ३० जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यस्तै ५७ जनाले राष्ट्रिय परिचयपत्रको लागि विवरण दिएका छन् । एक जनाले व्यवसाय दर्ता, एक जनाले व्यवसाय इजाजत, एक जनाले पुँजी वृद्धि तथा एउटा योजना सम्झौता गरेको र एक जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको उद्यम विकास सहजकर्ता कार्कीले बताए ।
गाउँपालिका–२ बाम्तीभण्डारमा पनि मङ्गलवार नै भएको एकीकृत घुम्ती शिविरबाट ३४ जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका उमाकुण्ड गाउँपालिकाबाट मणिराज सुनुवारले बताए । उनका अनुसार शिविरमा ५ जनाले व्यवसाय दर्ता गरेका छन् भने एक जनाले व्यवसाय विवरण संशोधन गरेका छन् । एक जनाले व्यवसाय सञ्चालनका लागि इजाजत पत्र प्राप्त गरेका छन् । शिविरमा वडामा सम्पन्न हुने ६ वटा योजनाको सम्झौता पनि भएको छ ।

Shares:

Related Posts

समाचार

आज मुख्यमन्त्री बानियाँका बालमैत्री रामेछाप नगर घोषणा गर्न आउनु हुदैँ

रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर
समाचार

आरान व्यवसाय गरेका व्यवसायीहरुलाई सुनापती ३ द्वारा आधुनिक उपकरण हस्तान्तरण

रामेछाप। सुनापती गाउँपालिका–३ ले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका आरान व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले छ जना व्यवसायीलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ।वडाभित्र लामो समयदेखि पुरानै शैलीमा आरान व्यवसाय सञ्चालन
समाचार

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियान रामेछापमा

रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा
समाचार

माझी समुदायले मनाए लदिपुजा

रामेछाप । कोसीपूजा अर्थात लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसीपूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको

Leave a Reply

Your email address will not be published. Required fields are marked *