समाचार

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियान रामेछापमा

रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घका अध्यक्ष सुजन घिमिरेको अध्यक्षतामा सोमबार मन्थलीमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव विष्णु पौडेलले गरे । सो अवसरमा महासङ्घ बागमती प्रदेशका अध्यक्ष विश्वराम त्वयनाले व्यवसायीको हकहित सुनिश्चित गर्न, एकता कायम गर्न र व्यवसायीलाई परेको समस्या समाधानको पहल गर्न यो अभियान सञ्चालन गरिएको बताए ।
देशभर भएको आर्थिक मन्दीका कारण पुस्तक तथा स्टेसनरी व्यवसायी तथा महासङ्घका सदस्यलाई परेको असर समाधान गर्न, व्यवसायीको समस्या पहिचाहन गरी निराकरणका उपायहरु खोजी गर्न, सङ्गठनलाई क्रियाशील र चलायमान बनाउन अभियान थालिएको बागमती प्रदेशका संयोजकसमेत रहनुभएका केन्द्रीय महासचिव पौडेलले बताए ।
उनले महासङ्घका जिल्ला प्रदेश र केन्द्रीय संरचनालाई बलियो बनाउन, यसअघि महासङ्घले सुरु गरेका विभिन्न कामलाई पूर्णता दिन, सामजिक उत्तरदायित्वसमेत निर्वाह गर्न, जिल्ला र प्रदेशका सङ्गठनहरुका सदस्यलाई अभियानका बारेमा जानकारी गराउन र समस्या समाधानमा महासङ्घ समन्वय गर्न तयार रहेको अनुभूति दिलाउन यो अभियान थालिएको उल्लेख गरे ।
कार्यक्रममा रामेछापका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले व्यवसाय सञ्चालनका क्रममा आफूहरुले भोग्नुपरेको पीडा र समाधानका उपायका बारेमा सुझाव दिएका थिए ।
महासचिव पौडेलले जिल्लाका व्यवसायीको समस्या आफ्नो समस्या भएको भन्दै ती समस्यालाई समाधान गर्न केन्द्रीय समिति लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
अभियान सञ्चालनका लागि महासङ्घ केन्द्रले कोसीमा महासङ्घका तृतीय उपाध्यक्ष सरोज मास्के, मधेसका उपमहासचिव अर्जुन आचार्य, बागमतीमा महासचिव पौडेल, गण्डकीमा प्रथम उपाध्यक्ष नारायण श्रेष्ठ, लुम्बिनीमा वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटी, कर्णालीमा द्वितीय उपाध्यक्ष बुद्धिप्रसाद अधिकारीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
साथै सम्बन्धित प्रदेशका अध्यक्षलाई सहसंयोजकको जिम्मेवारी दिइएको र सुदूरपश्चिम प्रदेशमा भने प्रदेश अध्यक्ष श्याम पाठकलाई संयोजकको जिम्मेवारी दिइएको महासङ्घ केन्द्रीय समितिका अध्यक्ष शिवसागर शर्माले जानकारी दिए । अभियान सम्पन्न भएपछि महासङ्घका अन्य गतिविधि सञ्चालन गरिने उनले बताए ।

Shares:

Related Posts

समाचार

ग्वार्को चोकमा बस दुर्घटना: एक जनाको मृत्यु, १८ जना घाइते

ललितपुर, साउन २२ — ललितपुर महानगरपालिका–१७ स्थित ग्वार्को चोकमा बिहीबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख
समाचार

कार्तिक महिनासम्म एक हजार भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्ने

रामेछाप, असार १२ । वर्षौंदेखि जमीनको टुप्पो नपाएर बसिरहेका भूमिहीन र अव्यवस्थित बसोबासी समुदाय अब आफ्नो घरजग्गाको प्रमाणपत्र, अर्थात् लालपुर्जा हात पार्ने आशामा छन्। उनीहरूको यो लामो प्रतीक्षा अन्त्यतिर उन्मुख
समाचार

अदीति कपको पुरस्कार वितरण

रामेछाप । जिल्लाको मन्थली माविमा संचालित १२ औँ अदिति कप प्रतियोगिताका विजेताहरूलाई शुक्रवार पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कार मेडल, ट्रफि
समाचार

खुुर्कोटको पुल बनाउने जिम्मा नेपाली सेनालाई

रामेछाप १६ असोज अविरल वर्षासँगै सुनकोसी नदिमा आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको पक्का पुल बनाउनका लागि नेपाली सेनालाई जिम्मा दिइने भएको छ । पुल निर्माणको कामलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *