अन्य

रामेछाप नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा १५.६१ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा १२ करोड ३४ हजार ३ सय ३१ रुपैयाँ अर्थात् १५.३८ प्रतिशत मात्रै रकम खर्च गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँले यो अवधिसम्म चालु तर्फ ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ रुपैयाँ बजेट रहेकोमा ११ करोड ३९ लाख ६९ हजार ६ सय ६५ रुपैयाँ अर्थात् २२.१८ प्रतिशत बजेट खर्च बताए । पुँजीगत तर्फ २५ करोड ५१ लाख ६५ हजार ८ सय २८ रुपैयाँ बजेट रहेकोमा ४८ लाख १२ हजार ३ सय ८५ अर्थात् १.८८ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईँले बताए । यो अवधिसम्म नगरपालिका तथा वडाले विभिन्न शीर्षकमा १ करोड १२ लाख १४ हजार राजश्व संकलन गरेको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्काले नगरपालिकाले एकीकृत घुम्ती शिविर सहित आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम निकै उत्कृष्ट रहेको बताइन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले प्रश्न,जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए । नागरिकले शिक्षा,स्वास्थ्य,कृषि,सडक,पशुपालन र खानेपानी क्षेत्रसँग सम्बन्धित प्रश्न गरेका थिए । नागरिकहरूले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाईँ र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए ।


उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष हिमाल ढुंगेल ,रास्वपाका नेता दुर्गा बहादुर बस्नेत,माओवादी केन्द्रका नगर अध्यक्ष मोति तामाङ,नेकपा एमालेका नगर अध्यक्ष रोशन पाख्रिन र नेपाली काँग्रेसका नगर सचिव सुशिलहरी बख्रेलले नगरपालिकालाई विभिन्न सुझाव सहितको मन्तव्य राखे ।
कार्यक्रममा महिलाहरूले लैङ्गिक हिंसा विरुद्धको जनचेतनामूलक नाटक, गीत तथा नृत्य सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन सहित घुम्ती शिविर संचालन गरिएको थियो । घुम्ती शिविर मार्फत रामेछाप नगरपालिकाको स्वास्थ्य, महिला बालबालिका, योजना, कृषि तथा पशुपन्छी विकास शाखाको न्यूनतम सेवा प्रवाह समेत गरिएको थियो। शिविरबाट १२८ वटा ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ८ वटा योजना सम्झौता, १ सय १७ वटा पशुचौपायाका लागि औषधी वितरण तथा परामर्श सेवा, १ सय ६० प्याकेट तरकारी मिनिकिट वितरण, ९२ जनाले हाडजोर्नी दुखाई, ग्यास्ट्रिक, रुघाखोकी, सुगर, प्रेसर परीक्षण, ३ जनाले भिडियो एक्सरे, ६ जना प्रसूतिहरूका लागि सुत्केरी कोसेली झोला वितरण सेवा स्थानीयवासीहरुलाई प्रदान गरिएको थियो ।


हजुरको रेडियोले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समीर कार्की, विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, वडाअध्यक्षहरु, पत्रकार, नगरपालिकाका कर्मचारी, नागरिक लगायतको उपस्थिति रहेको थियो ।

Shares:

Related Posts

अन्य

हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच

रामेछाप । रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीमा हरेक हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच हुने गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको सो कार्यक्रम मुख्यमन्त्री
अन्य

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर
अन्य

सरकार र सुनचाँदी व्यवसायीबीच सहमती आज बाट सुनचाँदी पसलहरु संचालन हुने

काठमाण्डौ – सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।हिजो असार २६ गते अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । यस सहमति
अन्य

लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया

नेपाल औषधि व्यवसायी संघ बाग्मति प्रदेश को समन्वय,औषधि व्यवस्था विभागको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको आयोजनामा लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *