अन्यसमाचार

सरकार र सुनचाँदी व्यवसायीबीच सहमती आज बाट सुनचाँदी पसलहरु संचालन हुने

काठमाण्डौ – सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
हिजो असार २६ गते अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । यस सहमति भए पछि आजबाट सुनचाँदी पसलहरू नियमित सञ्चालनमा आउने भएका छन् ।
सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको कारोबार र त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि विभिन्न निर्णयहरू भएका छन् ।
स्थानीय सुनचाँदी तथा रत्न आभुषण व्यवसायीको सहज पहुँच हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्न र वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्ने सहमति भएको छ ।
यस्तै सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानूनी तथा नीतिगत व्यवस्था, छिमेकी देशमा लाग्ने राजस्वका दरसँग सामञ्जस्यता कायम गर्नेलगायतका विषयमा सिफारिश गर्न कार्यदल गठन गर्ने सहमति पनि भएको छ । व्यवसायीहरुले विलासी करको विरोधमा करिब १ महिना देखि आन्दोलन गर्दै आएका थिए ।

Shares:

Related Posts

समाचार

पर्यटन प्रवर्धनका लागि सुनपाती गाउँपालिकाले सुरु गर्यो जलयात्रा (-याफ्टिङ)

रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा
समाचार

मुगानमा एक महिलाको शव फेला

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुगानमा एक महिलाको शव फेला परेको छ । अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको
समाचार

YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन   रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन
समाचार

नुहाउने क्रममा लिखुकोशिमा डुबेर एक किशोरको मृत्यु

लिखुकोशिमा पर्ने जलजले वेसीमा नुहाउने क्रममा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । बिहिबार दिउँसो १२ः १५ बजे नुहाउदै गर्दा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *