समाचार

विकासका लागि आफूले आफ्नो र अर्काको नभनी निष्पक्ष भएर भूमिका निर्वाह गर्छु, राज्यमन्त्री तामाङ

रामेछाप । राज्यको कुनै पनि संयन्त्र लाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त रहन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले आग्रह गरे । आइतबार मन्थली नगरपालिकाको १० औँ नगर स्थापना दिवस समारोहको उद्घाटन सत्रका अवसरमा बोल्दै उनले भने, रामेछापको विकासका लागि आफूले आफ्नो र अर्काको नभनी निष्पक्ष भएर भूमिका निर्वाह गर्दे आएको जानकारी गराउँदै सोही मान्यताका आधारमा जिल्लाको विकास निर्माणका काममा क्रियाशील छु । जस अनुसार जिल्लाका ६४ वटै वडाको विकासका लागि दत्त चित्त भएर लागि पर्ने विश्वास दिलाए । मन्थली–खुर्कोट सडक स्तर उन्नति र मर्मतका लागि १८ करोड रुपैयाँ बजेटका व्यवस्थापन भई सकेको समेत उनले बताए ।
कार्यक्रममा बागमती प्रदेश सांसद एवं प्रदेश पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले स्थानीय सरकारको विकासको मोडेल परिवर्तन आवश्यक रहेको बताए ।
मन्थली नगरपालिकाका उप सचिव तथा महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले मन्थली नगरपालिकाले दुई वर्षमा गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्दे चालु वर्षको पहिलो चौमासिकको जम्मा १.६५ प्रतिशत मात्र विकास बजेट खर्च गरेको जानकारी दिए । उनले विकास बजेट अर्थात् पुँजीगत तर्फ ३१ करोड ९३ लाख २६ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्म १.६५ प्रतिशत अर्थात् पाँच करोड २६ लाख आठ हजार ८७९ रुपैयाँ बजेट खर्च भएको जानकारी पनि गराए। बुढाथोकीको प्रतिवेदनका अनुसार मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट एक अर्ब एक करोड ९७ लाख ८१ हजार रहेकोमा १५.५५ प्रतिशत अर्थात् १८ करोड ७० लाख २० हजार ९४५ रुपैयाँ बजेट खर्च गरेको हो ।
मन्थली नगरपालिकाको प्रमुख लव श्रेष्ठको अध्यक्षतामा भएको उक्त स्थापना दिवसका अवसरमा जिल्ला समन्वय प्रमुख चिना कार्की,प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेले,निवर्तमान मन्थली नगर प्रमुख रमेश कुमार कार्की, मन्थली स्थित राजनीतिक पार्टीका प्रमुख र तिनका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ लगायतका विभिन्न संस्थाका प्रमुख हरुले पनि नगरको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नगरको परिकल्पना साकार पार्न मन्थली नगरपालिकालाई आग्रह गरेका थिए ।
चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिकमा रामेछापका स्थानीय तहको विकास बजेट खर्च निकै कम देखिएको छ । रामेछापमा दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी आठ वटा पालिका छन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा जिल्लाका मन्थली र रामेछाप नगरपालिकाले विनियोजित विकास बजेटको दुई प्रतिशत पनि खर्च गर्न सकेका छैनन् । अन्य ६ वटा गाउँपालिकाको पनि विकास बजेट खर्च निकै कम रहेको छ ।

Shares:

Related Posts

समाचार

माझी समुदायले मनाए लदिपुजा

रामेछाप । कोसीपूजा अर्थात लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसीपूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको
समाचार

निशुल्क कफी वारिष्टा तालिम सुरु

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.५ मा निशुल्क कफी वारिष्टा तालिम सुरु भएको छ । सामुदायिक विकास समाज मन्थलीद्वारा सञ्चालित व्यावसायिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा
समाचार

सप्ताहव्यापी विश्व आदिवासी दिवस मनाउँदै नेफिन

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अगष्ट ९ लाई जोड दिदै सप्ताहव्यापी ३१औं विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले यो वर्ष “प्राकृतिक श्रोत, जल, जमिन र जंगल
समाचार

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित

१४ कात्तिक, रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *