समाचार

सरसफाईमा हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर

सरसफाईमा हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर

रामेछाप । शनिवार बिहानै रामेछाप नगरपालिकाकी प्रमुख बाल कुमारी कार्की विटार पार्क पुगिन् । झट्ट हेर्दा बिहानै त्यो पनि शनिवार भएको कारणले ’मर्निङवाक’ अथवा घुमघामका लागि निस्केको अड्कल सहजै काट्न सकिन्थ्यो ।
तर उनी विटार पार्क पुगे पछि हँसिया निकालिन् र फटाफट झाडी फाँड्न लागिन् । उनीसँगै रामेछाप नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्तोष तामाङ र केही स्थानीयहरूको समेत उपस्थिति भयो । सबै जना धमाधम विटार पार्क सरसफाइमा लागे ।हामीले वडाध्यक्ष तामाङलाई खुसुक्क सोध्यौँ–’आज केही विशेष छ हो वडाध्यक्ष ज्यू?’
पार्कमा घाँस र झाडीले भरिएका कारण पार्क घुम्न आउने हरूलाई असहज भएको गुनासो आउन थाले पछि उपमेयर कार्कीको अनुरोधमा शनिवार बिहानै पार्कको सरसफाइमा लागिएको वडाध्यक्ष तामाङले बताए । उनीहरू सहित पार्क व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय हरूको संयुक्त प्रयासमा विटार पार्कको सरसफाई गरिएको वडाध्यक्ष तामाङ थपे ।
विटार पार्कलाई नमुना पार्कको रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढाउन माग हुँदै आएको छ । नागरिकको माग नै जनप्रतिनिधिको प्रथम कार्य योजना हुने भएकोले रामेछाप नगर पालिकाले विटार पार्कको व्यवस्थापनमा चासो बढाएको उपप्रमुख कार्कीले बताइन् । नगरपालिकाको कार्यालयबाट १० किलो मिटरको दुरीमा रहेको पार्कको निर्माण सँगै यसको उचित व्यवस्थापन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्ने उम प्रमुख बाल कुमारी कार्कीले बताइन् । उनले भनिन् पार्कको विकासको लागि नगरपालिकाले आवश्यक सहयोग गर्नु पर्छ भन्ने मान्यता नगरले पनि राखेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन समेत गरेको छ । जुन बजेटलाई पनि पार्क व्यवस्थापनमा खर्च गर्ने तयारी व्यवस्थापन समितिले गरेको छ ।
सदरमुकाम मन्थली बजारबाट ३ किलो मिटरको दुरीमा रहेको पार्कको अवलोकन र मनोरञ्जनका लागि मन्थली बजारबाट दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरू जानाले पनि पार्कको महत्त्व बढेको पार्क व्यवस्थापन समितिका अध्यक्ष सुनिल कुमार राय माझी बताउँछन् ।

Shares:

Related Posts

समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम
समाचार

खानेपानीको अभाले मुहान खोज्दै लिखुतामाकोेशी गाउँपालिका

रामेछाप । आफ्ना नागरिकलाई पिउन पानीको समस्या परेपछि पानीको मुहान खोज्दै हिँडेका छन् केशव महत । महत लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष हुन् । लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ३,४ र
समाचार

रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत चयन

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत चयन भएकी छिन् । शनिवार मन्थलीमा सम्पन्न भएको संघको चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महत अध्यक्ष चयन भएकी
समाचार

आर्थिक अनियमितता गर्ने लाई कानुनी दायरामा ल्याउँछु : रामचन्द्र खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र खड्काले मुलुकमा व्याप्त आर्थिक अनियमितता र भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउन आफूले कडा कदम चाल्ने बताएका छन् । आगामी फागुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *