समाचार

लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत

रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।
रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं १ डडुवा, वडा नं ३ टोकरपुर लेखर्क स्थित पहरी गाउँका पहिरो पीडितलाई काठमाडौ बाट सामान लिएर आएको संस्थाको आधिकारीक समुहले राहत सामाग्री वितरण गरेको हो ।
टोलीले सोमबार दिउँसो दोरम्बा शैलुङ गाउँपालिकाको कार्यालय थाम चउरमा पुगेर गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान लगायतका जनप्रतिनिधिहरूको रोहबरमा पहिरो पीडितहरुका लागि ल्याएको राहत सामाग्री सँयुक्त रुपमा प्रदान गरेको थियो ।
सो क्रममा लायन्स क्लब इन्टरनेशनलले दोरम्बा शैलुङ गाउँपालिकाका पहिरो पीडित परिवारहरुका लागि दाल चामल खाने तेल लगायतका अन्य खाद्यान्न सामाग्रि, ओढ्ने ओछ्याउने कपडा, पकाउने, खाने भाँडाकुँडा लगायतका राहत सामाग्रीहरू प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनलका पूर्व अध्यक्ष शम्भुप्रसाद घिमिरेले बताए।
जिल्लाको समाज सेवालाई पहिलो प्राथमिकतामा राखेर सबै जसो विपद्मा सहकार्य र सहयोगको नेतृत्व गर्दै आएका पुर्व अध्यक्ष शम्भु घिमिरेको नेतृत्वमा थाम चउर पुगेको टोलिले पिडितहरुका लागि लगिएको राहत साम्राग्रि एक द्धार प्रणाली मार्फत स्थानिय सरकारलाई हस्तान्तरण गरिएको पनि घिमिरेले जानकारी दिए ।
लायन्स क्लब इन्टरनेशनल नामक संस्था मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय संस्था भएकोले यहाँका पहिरो पीडितलाई केही सहज होस भन्ने उद्देश्यले मानवीय सेवाको भावनाले राहत सामाग्रीहरू प्रदान गरिएको भन्दै दोरम्बा गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले मोक्तानले घिमीरे नेतृत्वको संस्थालाई धन्यवाद पनि दिए । उनले भन्नु भयो पालिकाले प्राप्त राहत सामाग्रिको सक्दो सदुपयोग गरेर पिडित समक्ष पुर्याउने छ ।
सो क्रममा नेतृत्वकर्ता लायन्स क्लब इन्टरनेशनलका पूर्व अध्यक्ष शम्भुप्रसाद घिमिरेले दोरम्बा शैलुङ गाउँपालिका वाहेक जिल्लाका प्रकोप पिडित गोकुलगंगा गाउँपालिका–६ फर्पु र लिखुतामाकोशी गाउँपालिकाको समेत कुल १ सय ४१ घर परिवार पहिरो पीडितका लागि १५ लाख रुपैयाँ भन्दा बढी रकम बरावरका राहत सामाग्री ल्याइएको जानकारी दिए । घिमिरेले अन्य पिडितहरुका लागि पनि केहिदीन भित्रै राहत सामाग्रि पुर्याईने र गोकुलगंगा गाउँपालिका–६ फर्पु र लिखुतामाकोशी गाउँपालिकाका पहिरो पीडितलाई पहिलो प्राथमिकतामा राखिएको पनि घिमिरेले जानकारी दिए ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर लेखर्क पहरी गाउँमा गत भदौ ९ गते बिहानीपख अविरल वर्षासँगै गएको पहिरोमा ११ जना पुरिएका थिए । पुरिएका मध्ये एक जनाको भने जीवितै उद्धार गरिएको थियो ।
उक्त पहिरोमा वगेका मध्य ७ जनाको शव भेटिएको छ भने दुई जना अझै बेपत्ता छन् । पहिरोका कारण पहरी गाउँका ६५ परिवार विस्थापित भएका छन् । भदौ ९ गते रातिकै वर्षापछि गाउनै पहिरोको जोखिममा परेपछि दोरम्बा शैलुङ गाउँपालिका–१ डुडुवाका विभिन्न ठाउँका ४३ परिवार अहिले त्रिपालमुनि बसिरहेका छन् ।
यस्तै गत साउन १० गते साँझ गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले घर भत्काउँदा एउटै घरमा तीन जना किशोरीको ज्यान गएको थियो । लिखुतामाकोशी गाउँपालिकाको पनि यो वर्षको वर्षामा विभिन्न ठाउँमा पहिरोका कारण केही घरपरिवार विस्थापित भएका छन् ।

Shares:

Related Posts

समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय
समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम
समाचार

आज मुख्यमन्त्री बानियाँका बालमैत्री रामेछाप नगर घोषणा गर्न आउनु हुदैँ

रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर
समाचार

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ द्धरा जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण

फाल्गुण २ रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछापलाई पुस्तक हस्तान्तरण गरेको छ । ११ औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर महासंघले

Leave a Reply

Your email address will not be published. Required fields are marked *