समाचार

रामेछापकि उप – प्रमुखद्वारा ‘आइ सि लिड्स आइकन’ मा भोट दिन आग्रह

रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बाला कुमारी कार्की (थापा) ले आफूलाई ‘आइ सि लिड्स आइकन’ मा भोट गरेर जिताइदिन आग्रह गरेकी छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाहरूको विभिन्न विधामा काम र मुल्याँकन गरेर मान्छेको छनौट गर्दै आएकको ‘आइ सि लिड्स आइकन’ले आफुलाई वागमति प्रदेश भरिको निर्वाचित उप प्रमुखहरुको विभिन्न कार्य गर्दै आएको ‘आइ सि लिड्स आइकन’ले उप प्रमुख थापालाई बागमती प्रदेशका ४ उत्कृष्टको रुपमा छनौट गरेपछि कार्कीले आफुलाइ भोटिङ्ग गरेर जिताई दिनका लागि सबै जनहरु सँग आग्रह गरेकी हुन्।
१३ जिल्लाका निर्वाचित महिला प्रमुख, उप–प्रमुखसहित देशका ७५३ पालिका अन्तर्गत महिला जनप्रतिनिधिहरू मध्येवाट गरीएको मुल्याँकनमा आफु टप २७ भित्रमा छनोटमा परेपछि भोटिङ मार्फत विजेता गराइदिन पनि उप प्रमुख कार्कीले संचारकर्मिहरु मार्फत आग्रह गरेकी छिन् । यसका लागि उनले आफुलाई जिल्ला वाहिर र भित्र वस्ने सबैजनहरुको सहयोग आवश्यक पर्ने पनि वताईन् ।
सो क्रमममा उप–प्रमुख थापाले संस्थाले गरेको मुल्याङ्कनमा आफु ७ सय ५३ स्थानिय निकायबाट उत्कृष्ठ टप २७ भित्र पर्न सफल भएको र अब ‘टप ३’ मा पुग्नको लागि भोटिङ आवश्यक परेकाले सबैलाई भोट गरिदिन पनि आग्रह गरेकी हुन्।
महिला शसक्तिकरणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न निकायलाई लक्षित गर्दै आएको ‘आइ सि लिड्स आइकन’ मा सहयोगि र शुभचिन्तक हरुको भोट पाएर विजेता बन्न सके उक्त सम्मान जिल्लाकै ख्याति प्राप्त सम्मानका रुपमा रहने भन्दै यस प्रयोजनमा सहयोग गरि दिन पनि उप – प्रमुख कार्कीले आग्रह गरेकी हुन् । उक्त सम्मान जिल्लाकै लागि महत्त्वपूर्ण सम्मान हुने भन्दै भोटिङ प्रयोजनका लागि सहयोग गर्न पनि कार्कीले आम शुभ चिन्तकहरु माझा पुनः अनुरोध गरिन्।

Shares:

Related Posts

समाचार

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री

रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानीमा पालिका भित्रका एक सय भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा
समाचार

क्यान्सर पीडित खड्कालाई रामेछापका काँग्रेस नेताहरुले गरे नगद सहयोग

रामेछाप । नेपाली काग्रँेस रामेछापका नेताहरुले हड्डी क्यान्सर पिडित शिवबहादुर खड्कालाई नगद सहयोग गरेका छन् । मन्थली नगरपालिका ३ कठजोर निवासी शिवबहादुर खड्का विगत केहि समय देखि हड्डी क्यान्सरबाट पीडित
समाचार

शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला

रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा
समाचार

सुनकोशीमा बन्ने भयो बेलिब्रिज

सिन्धुली । सुनकोशी नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । हेटौंडाबाट बेलिब्रिजका सामान लिएर ट्रकहरु हिडेको हिडेका छन् । सामान सहित ट्रक हिडेको हुदाँ तत्कालै बेलिब्रिज बन्ने भएको ।गत हप्ताको

Leave a Reply

Your email address will not be published. Required fields are marked *