समाचार

एक हप्ता देखि अवरुद्ध रहेको मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुल्यो

रामेछाप १६ असोज । एक हप्ता देखि अवरुद्ध रहेको मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुलेको छ । बुधवार रामेछाप जिल्लाका जन प्रतिनिधि र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेतको पहलमा वैकल्पिक रूपमा ट्याक निर्माण गरे सँगै उक्त सडक खुलेको हो ।
एक हप्ता अघि तामाकोशि नदिमा आएको बाढीले दोलखा जिल्लाको किर्नेटार सडक खण्डको किर्ने हाईड्रो पावर हावस नजिकैको सडक कटान गरी वगाएकोे थियो ।उक्त सडक र खुर्कोटको पुल बगाए सँगै रामेछाप जिल्ला सडक यातायातमा सबै जिल्ला सँग सम्पर्क विहीन अवस्थामा रहेको थियो । जसका कारण इमरजेन्सी बिरामी लाई उपचार गराउन बाहिर लैजान र यात्रीहरू सबैलाई लक्ष्यमा पुग्न समस्या परेको थियो ।
मुख्य राजमार्गबाट तत्काल सडक खुलाउन सक्ने सम्भावना नभएको अवस्थामा परियोजनाको क्याम्प भित्र बाट मात्र अस्थायी सडक सञ्चालन गर्नु बाहेक विकल्प नभएपछि । रामेछापका जन प्रतिनिधिहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुल मान घिसिङ समेतको सहयोग माग गरेका थिए ।
जिल्लाको असहज अवस्था र सोही मागको आधारमा रामेछाप आएका घिसिङले अस्थायी सडक खुलाउने बारेमा रामेछापका जन प्रतिनिधिहरू सँगै संयुक्त रूपमा हस्ताक्षर गरेपछि उक्त सडकको अस्थायी ट्र्याक खुलेको रामेछाप जिल्लाका समन्वय उप प्रमुख प्रेम सागर थापाले बताउनु भयो ।
अस्थायी ट्र्याक खोलिए सँगै जिल्लाको पुरानो यातायात सेवा समिति अरनिको यातायात सेवा समितिले बिहीबार वाटै आफ्नो सेवालाई निरन्तरता दिने जनाएको छ । उसले सुनकोसी र तामाकोशि नदिले सडक भत्काए सँगै अवरुद्ध वनेको मन्थली किर्ने –चरिकोट –काठमाडौँ सडकमा रामेछाप जिल्ला हुँदै बाहिरिने र रामेछाप भित्रने सबै बसहरू बिहीबार वाट नियमित सञ्चालनमा आउने जनाएको छ ।
आज सम्म सडक अवरुद्ध भएका कारण सेवा दिन नसकीएको भए पनि बिहीबार वाट भने मन्थली काठमाडौँ र काठमाडौँ देखि मन्थली सम्म सञ्चालन हुने नियमित रुटको सेवा निर्वाध सञ्चालनमा ल्याइने अरनिको सेवा समिति रामेछापका प्रमुख सुवास फुयाँलले जानकारी दिनु भयो । उहाँले सदरमुकाम देखि ग्रामीण क्षेत्रका गाडीहरूको हकमा भने त्यहाँका सडक सुचारु भएसँगै सेवा प्रवाह गरिने पनि प्रमुख फुयाँलले बताउनु भयो ।

Shares:

Related Posts

समाचार

देशभरका सरकारी अस्पताल मध्ये तेस्रो बन्यो जिल्ला रामेछाप अस्पताल

रामेछाप । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पताल तेस्रो भएको छ । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि
समाचार

पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। मन्थली
अन्य

संसद् पुनस्थापनामाग गर्दै एमालेले शनिबार वृहत् जनप्रदर्शन र जनसभा गर्ने

रामेछाप । संसद् पुनस्थापना, शान्ति–सुरक्षा र सुशासनका मागसहित नेकपा एमाले रामेछापले शुक्रबार कार्तिक २९ गते मन्थलीमा वृहत् जनप्रदर्शन र जनसभा आयोजना गर्ने भएको छ। पार्टीले शुक्रबार बिहान मन्थलीस्थित कार्यालयमा आयोजना
समाचार

मन्थली नगरपालिकाको १६ औँ नगर सभा सम्पन्न वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको छ । यो अवधिमा नगरको विकास बजेट पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै

Leave a Reply

Your email address will not be published. Required fields are marked *