समाचार

मन्थली नगरपालिकाको १६ औँ नगर सभा सम्पन्न वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको छ । यो अवधिमा नगरको विकास बजेट पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै भएको छ ।
शुक्रवार सम्पन्न भएको नगरको विधान अधिवेशन एवं १६ औँ नगर सभामा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले यसबारे जानकारी गराए । चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि पुस २४ गतेसम्म नगरपालिकाले २७.९९ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए ।
उनले भने– “चालु आर्थिक वर्षका लागि नगरपालिकाको एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट रहेको छ । जसमा यही पुस २४ गतेसम्म ३६.६५ प्रतिशत चालु र ९ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।”
नगरपालिकाले यो वर्ष तीन करोड ८५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको ४७.८४ प्रतिशत अर्थात् एक करोड ८४ लाख १९ हजार ८६० रुपैयाँ आम्दानी गरिसकेको नगर प्रमुख श्रेष्ठले बताए। नगरपालिकामा यो वर्ष वडा सिलिङ, नगर स्तरीय, सङ्घ तथा प्रदेश स्तरीय गरी ३७१ वटा योजनाहरू सम्पन्न हुनुपर्नेमा अहिलेसम्म १४१ वटा योजना सम्झौता भएको र ३३ वटा योजनाको भुक्तानी समेत भइसकेको उनले बताए ।
आगामी चैत मसान्तभित्र नगरलाई बालमैत्री शासनयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य अनुरूप हालसम्म मध्यावधि मूल्याङ्कन हुँदासम्म कम सूचक प्राप्त गर्ने वडाहरूले ३७ वटा र बढी सूचक प्राप्त गर्ने वडाहरूले ४६ वटासम्म सूचक प्राप्त गरिसकेका नगर प्रमुख श्रेष्ठले बताए ।
आगामी चैत २५ गतेभित्र बालमैत्री शासनयुक्त नगरपालिका घोषणा गर्ने गरी कार्य योजना तयार भएको र सोही अनुसार काम भइरहेको उनको भनाइ छ । नगर सभाका अवसरमा नगरपालिकाको विभिन्न वडामा वडा कार्यालय भवन तथा स्वास्थ्य संस्था भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाताहरूलाई सम्मान समेत गरिएको थियो ।

Shares:

Related Posts

समाचार

विकासका लागि आफूले आफ्नो र अर्काको नभनी निष्पक्ष भएर भूमिका निर्वाह गर्छु, राज्यमन्त्री तामाङ

रामेछाप । राज्यको कुनै पनि संयन्त्र लाई मन्त्री हुनुवित्तिकै मागे जति बजेटको व्यवस्था हुन्छ भन्ने मानसिकता बाट मुक्त रहन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ(कान्छाराम) ले आग्रह गरे ।
समाचार

८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

रामेछाप । ८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। मन्थली नगरपालिका–नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख
समाचार

माओवादी केन्द्र एक्लै चुनाव लड्छ’ भुषाल

रामेछाप । द्वन्द्वका समयमा सहिद भएकाहरूको सपना पुरा गर्न सहिदका परिवार तथा आफन्तहरूको सल्लाह सुझाव संकलन गरी सोही मर्म अनुरूप आगामी दिनमा अगाडी बढ्ने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्व
समाचार

सुनापति गाउँपालिकाको पहिलो चौमासिक प्रगति १२.८४ प्रतिशत खर्च, १३ लाख बढी राजश्व संकलन

रामेछाप– सुनापति गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चौमासिकसम्मको अवधिमा १२.८४ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको साउन देखि कार्तिक मसान्त सम्मको अवधिमा पुँजीगत र चालु तर्फ गरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *