समाचार

देशभरका सरकारी अस्पताल मध्ये तेस्रो बन्यो जिल्ला रामेछाप अस्पताल

रामेछाप । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पताल तेस्रो भएको छ । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि र तरिकामा तेस्रो हुन सफल भएको हो । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलोअप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अङ्क ल्याएको छ ।
मापदण्ड मूल्याङ्कन समितिले सरकारी सूचकका आधारमा लामो समय लगाएर गरेको मुल्याकनमा जिल्ला अस्पताल रामेछापलाई उछिन्दै, जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अङ्क पाएर पहिलो र सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल ९२ प्रतिशत अङ्क पाएर दोस्रो हुन सफल भएको जानकारी समितिले गराएको थियो ।
सेवा प्रवाह र सुशासन सँगै स्वास्थ्य निर्देशनालयले तयार पारेको विभिन्न सूचकका आधारमा मूल ढोका देखि अप्रेसन थिएटर सम्मको गरेको स्थलगत मापनमा जिल्ला अस्पतालले ९१ प्रतिशत अङ्क पाएको मूल्याङ्कन समितिका संयोजक डा. दीपेन्द्र पाण्डेले बताए । २०७७ को मूल्याङ्कनमा ६८ प्रतिशत, २०७८ मा ५७ प्रतिशत अङ्क प्राप्त गरेको अस्पतालले २०७९ मा ८७ प्रतिशत र २०८० सम्म आइपुग्दा ९१ प्रतिशत अङ्क पाएको जानकारी डा. पाण्डेले दिए ।
मूल्याङ्कन मापदण्डमा अस्पतालको भवन, फोहोर व्यवस्थापन, औषधिको व्यवस्थापन, बिरामी उपचार, सेवा प्रवाह लगायतका सूचकमा अस्पतालले राम्रो अङ्क पाएको अनुगमन टोलीका सदस्य समेत रहेका बकुलर रत्न नगर अस्पताल चितवनका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन ज्ञवालीले बताए । जिल्ला अस्पतालको केही वर्ष यताको सेवा प्रवाह र गुणस्तरमा सुधार गरेकै कारण अस्पताल देशभरमै तेस्रो हुन सफल भएको बताइएको छ ।
रामेछाप अस्पतालले रामेछाप नगरपालिकाको शिर उच्चो राखेकोमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले खुसी व्यक्त गरे । अस्पताललाई नगरपालिकाले धेरै सहयोग गरेको र सो सहयोगको प्रतिफल मिलेको भन्दै आगामी दिनहरूमा पनि थप सहयोग गर्दे जाने प्रतिबद्धता न्यौपानेले व्यक्त गरे ।
उक्त कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले जिल्ला अस्पतालले गरेको काम र अस्पतालले सवै साधारण नागरिकलाई दिँदै आएको सेवा प्रवाह, अवस्था सँगै प्राप्त विभिन्न सुविधाका बारेमा जानकारी गराएका थिए ।
अस्पतालको कुशल नेतृत्व सँगै असल टिमवर्कका कारण अस्पतालले उँचो स्थान लिन सकेको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताए । उनले १५ शय्याको अस्पताल भर्खरै मात्र ५० शय्यामा स्तरोन्नति भएको समेत बताए ।
आफ्नो सेवालाई भर लाग्दो र नागरिक मैत्री सेवामा समर्पित गराउँदै आएको जिल्ला अस्पताल रामेछापले नागरिकको समेत मन जित्दै आएको छ । सरकारी अस्पतालको बारेमा नागरिकको नकारात्मक सोच हुने गरेको पाइए पनि रामेछाप अस्पताल पुगे पछि बिरामीहरूले अभिभावकको जस्तो हेरचाह पाएको नागरिकहरूको भनाई छ ।

Shares:

Related Posts

समाचार

उमाकुण्ड गाउँपालिकाले सम्पन्न गर्यो घुम्ती शिविर

उमाकुण्ड गाउँपालिकाले सम्पन्न गर्यो घुम्ती शिविर रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाले पुस १ गते गुम्देलबाट संचालन गरेको घुम्ती शिविरमा ३ सय बढी नागरिकता र ५ सय बढी राष्ट्रिय परिचय
समाचार

सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुली । सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमान्डौबाट विराटनगर हिँडेको वा५ख६६१८ नम्बरको माईक्रोबस विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ सिस्नेरीमा दुर्घटना हुँदा हायस चालक
अन्य

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर
समाचार

‘देशमा अबको विकल्प कांग्रेस मात्रै हो ’ : प्रवक्ता रुवाली

रामेछाप । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवालीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केवल सामान्य मतदानको प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक विचलनबाट मुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *