समाचार

खुुर्कोटको पुल बनाउने जिम्मा नेपाली सेनालाई

रामेछाप १६ असोज अविरल वर्षासँगै सुनकोसी नदिमा आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोटको पक्का पुल बनाउनका लागि नेपाली सेनालाई जिम्मा दिइने भएको छ । पुल निर्माणको कामलाई जति सक्दो चाँडो अगाडि बढाउने सरकारी तदारुकता अनुसार उक्त प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मङ्गलवार रक्षा मन्त्रालयमा सिफारिस गरेको हो ।
रामेछाप जिल्लाबाट जन प्रतिनिधिका रूपमा प्रतिनिधित्व गर्ने बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठका अनुसार केही दिन अघि सुनकोसी नदिमा आएको बाढीले सिमाना जिल्ला जोड्ने खुर्कोटको पुल बगाए पछि त्यस ठाउँमा जति सक्दो चाँडो काम गर्न तत्काल बेली ब्रिज निर्माण गर्ने बारेमा छलफल भएको थियो । सोही छलफलको आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाली सेनालाई जिम्मा दिने निष्कर्ष निकालेको थियो ।
राजधानी काठमाडौँ र तराई क्षेत्रबाट रामेछाप जिल्लाको मेरुदण्डका रूपमा रहेको खुर्कोटको पक्की पुलको रामेछाप तर्फको खण्डको भाग बाढीले बगाएको र उक्त खण्डमा बेली ब्रिज जडान गर्ने बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग आवश्यक छलफल पश्चात् नेपाली सेना मार्फत काम गर्न गरी रक्षा मन्त्रालयमा सिफारिस भएको पनि सांसद श्रेष्ठले जानकारी दिनुभयो ।
असोज १२ गते दिउँसो सुनकोसीमा आएको अत्यधिक बाढीले सदरमुकाम मन्थलीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सेले घाट–खुर्कोटको पुलको रामेछाप तर्फको आधा भाग र सोही अस्थानमा रहेको झोलुङ्गे पुल बगाएको छ । खुर्कोट पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लागतमा आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको थियो । यो पुल बनेपछि सिडो जिल्ला रामेछाप लाई नै उक्त पुल बरदान सावित हुँदै आएको छ ।

Shares:

Related Posts

समाचार

महाकाली देवीको पूजा गरेर हायु जातिको सकियो दसैँ

रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र
समाचार

रामेछाप बस दुर्घटना प्रकरण : चालकलाई कडा कारबाही, पीडितलाई क्षतिपूर्ति र खोजीकार्य तीव्र पार्ने निर्णय

रामेछाप — मन्थली नगरपालिका–६ त्रिवेणी मन्दिर नजिक तामाकोशी नदीमा यात्रुवाहक बस खस्दा भएको दुःखद दुर्घटनापछि जिल्ला सुरक्षा समितिले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, बेपत्ता यात्रुको खोजी तीव्र पार्ने तथा दोषीमाथि
समाचार

दोरम्बा हत्याकाण्ड २२ वर्ष पुरा, रगतको हिसाब कहिले हुने ?

रामेछाप । नेपालको जनयुद्धकालीन इतिहासमा कालो अध्यायका रूपमा चिनिने दोरम्बा हत्याकाण्डलाई २२ वर्ष पुगेको अवसरमा शनिबार माओवादी केन्द्र रामेछापले मन्थलीमा शहीद स्मरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सम्झेको छ ।केन्द्रका
समाचार

स्वास्थ्य क्षेत्र सुधारका लागी रामेछापमा सरोकारवालासँग अन्तरकृया

स्वास्थ्य मन्त्रालयले रामेछापमा स्वास्थ्य क्षेत्र सुधारका लागी सरोकारवाला निकायसँग अन्तरकृया कार्यक्रम गरेको छ । बुधबार जिल्ला अस्पताल रामेछापको सभा हलमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जिल्लाको

Leave a Reply

Your email address will not be published. Required fields are marked *