समाचार

संझौता मिति सकियो,काम नै नगरी ७१ लाख ३५ हजार निर्माणले भुत्तानी लग्यो

रामेछाप । पुष्पलाल (मध्यपहाडी) मार्ग आयोजना अन्तर्गतको सेलेघाट नजिक त्रिवेणी मन्दिरको छेउमा निर्माणाधीन तामाकोसी पुल निर्माण कम्पनीले आयोजना सँग ७१ लाख ३५हजार रुपैयाँ पेस्की बापतको रकम काम नै नगरी लगिसकेको जानकारी प्राप्त भएको छ । पेस्की लगे पछि पनि काम नभएपछि निर्माण कम्पनीलाई ताकेता पत्र पठाइ सम्बन्धित कार्यक्षेत्रमा पठाइएको पनि आयोजनाका सूचना अधिकारी हर्क बहादुर प्रधानले बताए ।
पुष्पलाल (मध्यपहाडी) मार्ग आयोजना अन्तर्गतको सेलेघाट नजिक त्रिवेणी मन्दिरको छेउमा निर्माणाधीन तामाकोसी पुल निर्माणका कार्य छुटेको १ वर्ष पछि पुन सुरु भएको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारणले उक्त पुल निर्माण अलपत्र परेको थियो । यस अघि २०७७ देखि २०७९ साल सम्म निर्माण कम्पनीले पुल निर्माणका लागि केही काम सुरु गरेको भएपनि त्यसलाई तदारुकताका साथ काम नगर्दा कामका लागि ल्याइएका रड र मेसिनहरूमा खिया लागिसकेका थिए ।
गन्तव्य टुडेले समाचारहरू प्रकाशन गरेपछि निर्माण व्यवसायीले म्याद थप गराई खिया लागेका रड परीक्षण गर्न काठमाडौँ लगिएको बताइएको छ ।
२०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका÷ प्यासिफिक जेभीले २०७७ असार २६ गते पुल निर्माणका लागि सम्झौता गरेको थियो ।
लामो समय सम्म पनि पुल निर्माण कार्य सम्पन्न नहुँदा यहाँका स्थानीयहरू आक्रोशित बनेका स्थानीय बलवीर (नवराज) माझीले बताए ।
उक्त कम्पनीले १४ करोड २७ लाखमा निर्माण कार्य सक्ने गरी सम्झौता गरेको भएपनि म्याद सकिएको १ बर्ष हुन लाग्दा बल्ल भने ठेकेदारले चासो दिएर खिया लागेका रडहरू परीक्षणका लागि लगेको मध्यपहाडि लोकमार्गका सूचना अधिकारीले बताए । उनले ठेकेदार कम्पनीको लापर्वाहिका कारण यस्तो हुन गएको पनि बताए ।

Shares:

Related Posts

समाचार

घिमिरे परिवारले गरे सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान

रामेछाप । रामेछाप नगरपालिकाको वडा नं. ८ बाबियाखर्कामा सहरी स्वास्थ्य केन्द्र निर्माणका लागि स्थानीय घिमिरे परिवारले जग्गा दान गरेका छन् ।उद्धवप्रसाद घिमिरेले आफ्ना नाममा रहेको ०–१४–४–४ र लिलानाथ घिमिरेले ०–८–०–०
समाचार

आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप
समाचार

पर्यटन प्रवर्धनका लागि सुनपाती गाउँपालिकाले सुरु गर्यो जलयात्रा (-याफ्टिङ)

रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा
समाचार

नुहाउने क्रममा लिखुकोशिमा डुबेर एक किशोरको मृत्यु

लिखुकोशिमा पर्ने जलजले वेसीमा नुहाउने क्रममा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । बिहिबार दिउँसो १२ः १५ बजे नुहाउदै गर्दा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *